७ वैशाख २०८१ शुक्रबार
खेल

स्टोक्स र होल्डरबीच प्रतिस्पर्धा

बेन स्टोक्स र जेसन होल्डर

विश्वका उत्कृष्ट अलराउन्डर बेन स्टोक्स र जेसन होल्डरले बुधबारबाट सुरु हुने टेस्ट खेलमा आआफ्नो देशको प्रतिनिधित्व गर्दै छन्।  

इङ्ल्यान्डको साउथह्याम्पटनमा हुने पहिलो टेस्ट खेल गत मार्च महिनाबाट विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरस (कोभिड–१९) पछि सुरु हुन लागेको पहिलो क्रिकेट प्रतियोगिता हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टेस्ट वरीयताको शीर्ष स्थानमा रहेका होल्डरले फास्ट बलर बेन स्टोक्ससँग प्रतिस्पर्धा गर्न लागेका हुन्। टेस्ट खेलमा दुवै खेलाडीको औसत ३० देखि ४० रन रहेको छ।  

यस्तै होल्डरको बलिङ इकोनोमी २६.३७ रहँदा स्टोक्सको चाहिँ ३२.६८ छ। बुधबारबाट सञ्चालन हुने टेस्ट खेलमा २८ वर्षीय होल्डरले वेस्ट इन्डिजबाट सिजनको पहिलो कप्तानी सम्हाल्दै छन् भने स्टोक्सले पहिलो पटक इङ्ल्यान्डको कप्तानी सम्हाल्दै छन्। नियमित कप्तान जो रुट पारिवारिक कारण टोलीबाट बाहिर रहँदा स्टोक्सले इङ्ल्यान्डको कप्तानी सम्हाल्न लागेका हुन्। रुट दोस्रो सन्तानका पिता बन्ने भएकाले उनले पहिलो टेस्टमा आफ्नो नाम फिर्ता लिएका थिए।  

क्यारेबियन टोलीविरुद्ध घरेलु मैदानमा उत्रिन लागेको इङ्ल्यान्डका लागि बलरद्वय इयान बोथाम र एन्ड्य्रु फ्लिन्टफले कप्तान स्टोक्सलाई साथ दिनेछन्। गत वर्ष सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सले अस्ट्रेलियासँगको एसेस टेस्टमा पनि उत्कृष्ट प्रदर्शन गर्दा इङ्ल्यान्डले सुखद नतिजा निकालेको थियो।  

नियमित कप्तान जो रुट पारिवारिक कारण टोलीबाट बाहिर रहँदा स्टोक्सले इङ्ल्यान्डको कप्तानी सम्हाल्न लागेका हुन्। रुट दोस्रो सन्तानका पिता बन्ने भएकाले उनले पहिलो टेस्टमा आफ्नो नाम फिर्ता लिएका थिए। 

‘विगतका खेलमा भएका कमीकमजोरीलाई सच्याउँदै अहिलेको अवस्थामा आएको छु। देशको प्रतिनिधित्व गर्न पाउँदा मलाई निकै खुसी लागेको छ,’कप्तान स्टोक्सले भने, ‘सफलताको पछाडि मेरो धैर्यता र मिहिनेत हो। यसका लागि साथ दिनु भएका सम्पूर्णप्रति कृतज्ञ छु।’

उता २३ वर्षको उमेरमा पहिलो पटक वेस्ट इन्डिजको कप्तानी सम्हालेका होल्डरसँग भने सिनियर खेलाडीसँग भएको तिक्तताको तीतो अनुभव छ। क्रिकेट निकायसँग पनि राम्रो सम्बन्ध नभएपछि उनी केही समय छायामा परेका थिए। तर क्रिकेटप्रतिको लगावले उनलाई पुनः अवसर मिलेको छ। क्रिकेटमा उनको कौशलताले उनलाई पुनः उचाइमा पु¥याएको छ। गत वर्ष घरेलु मैदान बार्बाडोसमा इङ्ल्यान्डविरुद्ध निकालेको जितलाई निरन्तरता दिने अपेक्षासहित होल्डरलाई कप्तानको जिम्मेवारी दिइएको छ।  

‘पहिलो टेस्टमा होल्डले आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गर्दै पुरानो लयलाई निरन्तरता दिने अपेक्षा छ,’ वेस्ट इन्डिजका प्रशिक्षक फिल सिमोन्सले भने, ‘होल्डर टेस्ट खेलका अनुभवी खेलाडी हुन्। वरीयताको शीर्षमा रहिरहने जिम्मा उनकै काँधमा छ। उनी मानसिक तथा शारिरिक रूपमा तयार पनि छन्।’

‘इङ्ल्यान्डका स्टोक्स पनि अनुभवी खेलाडी हुन्। उनले नै नेतृत्व गरेको टोलीलाई राम्रो प्रदर्शन गर्नु स्टोक्सको परीक्षा हो। त्यसैले घरेलु टोलीले हाबी हुने रणनीतिका साथ खेल सुचारु गर्नेछ,’ वेस्ट इन्डिज प्रशिक्षक सिमोन्सले थपे।  

प्रकाशित: २४ असार २०७७ ०५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App