coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ढकाललाई राखेप सदस्यसचिवको जिम्मेवारी

भक्तबहादुर ढकाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी भक्तबहादुर ढकाललाई दिइएको छ।

युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखा प्रमुख ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको हो। असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्यसचिवको जिम्मेवारी दिइएको हो। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा–१२ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखा प्रमुख भक्तबहादुर ढकाललाई राखेपको सदस्यसचिवले गर्ने कामको जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकले जानकारी दिए ।

‘नयाँ खेलकुद ऐनमा कार्यवाहक दिन पाइने उल्लेख छैन, त्यसैले अर्को व्यवस्था नभएसम्मका लागि उहाँ (ढकाल)लाई राखेप सदस्यसचिवले गर्ने कामको जिम्मेवारी दिइएको हो,’ प्रवक्ता डा.विकले भने। ढकाल करिब एक महिना अघि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आएका थिए। उनलाई सोमबार नै राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले बधाई तथा स्वागत गरेका थिए।

अर्को व्यवस्था नभएसम्मका लागि युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखा प्रमुख भक्तबहादुर ढकाललाई राखेपको सदस्यसचिवले गर्ने कामको जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकले जानकारी दिए ।

संघीय संसद्को दुवै सदनबाट पारित नयाँ ऐन गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको सातौं दिनदेखि कार्यान्वयन भएसँगै राखेपको बोर्ड खारेज भएको थियो।  

खेलकुद विकास ऐन २०४८ खारेज हुँदै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्यसचिव रमेशकुमार सिलवालसहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो। मन्त्रालयका प्रवक्ता डा. विकले नयाँ सदस्यसचिव नियुक्त प्रक्रियामा केही समय लाग्ने बताएका छन्। नयाँ ऐनअुसार सदस्यसचिव नियुक्तका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्नेछ। उक्त समितिले योग्यता पूरा भएका व्यक्तिबाट सदस्यसचिवको नियुक्तको लागि एक महिलासहित तीन व्यक्तिको नाम मन्त्रालय समक्ष सिफारिस गर्नेछ र जुन मन्त्रालयमार्पmत मन्त्री परिषद्मा पेश हुनेछ।

यी प्रक्रिया पूरा गर्दा नयाँ सदस्यसचिव नियुक्तमा एक महिनासम्म लाग्ने मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकले जानकारी दिए। नयाँ ऐनमा राखेपको सदस्यसचिव बन्नका लागि स्नातक उत्तीर्ण, खेलक्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने गरी योग्यता तोकिएको छ।

प्रकाशित: २३ असार २०७७ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App