१६ चैत्र २०८० शुक्रबार
खेल

लिभरपुल रेकर्ड उन्मुख

साडियो मानेको प्रेरणाबाट लिभरपुल इङ्लिस प्रिमियर लिगको अंकतालिकामा नयाँ रेकर्डतर्फ प्रेरित हुँदा आइतबार एस्टन भिल्लामाथि २–० को जित निकालेको छ।

यस सिजनको च्याम्पियन बनेपछि लिभरपुलले पहिलो जित रच्दै दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रतासमेत बनाएको छ। सिटी आइतबारकै खेलमा साउथह्याम्पटनसँग १–० ले स्तब्ध भएपछि लिभरपुलले अग्रता बढाउने अवसर पाएको हो। लिभरपुललाई ४–० ले निराश पारेको चौथो दिनमै सिटीले साउथह्याम्पटनसँग अप्रत्याशित हारको सामना ग¥यो। लिभरपुलमाथि पूर्ण हाबी सिटी आगामी सिजनको उपाधि दाबेदार देखिएको केही दिनमै खराब नतिजा बेहोर्न बाध्य भएको हो। ३० वर्षपछि इङ्लिस लिग च्याम्पियन लिभरपुल र सिटीबीच उपाधि होड किन थियो भन्ने यी दुई बीचका प्रतिस्पर्धामा देखिएका थिए।  

तर, आइतबारको खेलमा भने दुवैको प्रदर्शन खासै दामदार थिएन। बिनादर्शकको घरेलु मैदान एन्फिल्डमा लिभरपुलको पहिलो हाफ निराशाजनक रह्यो। तथापि खेलको अन्तिम ३० मिनेटमा भने लिभरपुलले गोल गर्दै तीन अंक आफ्नो बनाउन सफल भयो। एस्टन भिल्लाको उत्कृष्ट रक्षापंक्ति तोड्दै मानेले अग्रता दिलाएका थिए। नाबी केइटाको पास सदुपयोग गर्दै उनले पेनाल्टी एरियाबाट गरेको सशक्त प्रहार माथिल्लो बार हुँदै जाली चुम्न पुग्यो र त्यससँगै मानेले सिजनको २०औं गोल पूरा गरे। दोस्रो रोजाइका खेलाडीको रूपमा मैदान प्रवेश गरेका कर्टिस जोन्सले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए।

एस्ट भिल्लासँगको जितसँगै लिभरपुलले ८९ अंक जोड्यो र प्रिमियर लिग अंकतालिकामा रेकर्ड बनाउन उसलाई पाँच खेलबाट चार जित आवश्यक छ। सिटीले सन् २०१७–१८ को सिजनको प्रिमियर लिग अंकतालिकामा सय अंकको रेकर्ड बनाएको थियो। 

गत शनिबार मात्र क्लबसँग पाँच वर्षको सम्झौता गरेका जोन्सले आफूलाई प्रमाणित गरे। यो जितसँगै लिभरपुलले ८९ अंक जोडेको छ र प्रिमियर लिग अंकतालिकामा रेकर्ड बनाउन उसलाई पाँच खेलबाट चार जित आवश्यक छ। सिटीले सन् २०१७–१८ को सिजनको प्रिमियर लिग अंकतालिकामा सय अंकको रेकर्ड बनाएको थियो। ‘हामी त्यहाँ छौं, जहाँ हामीले कठिन खेल जितेका थियौं,’क्लोपले भने, ‘खेलमा उत्कृष्ट प्रदर्शन थिएन, तर, तीन अंकको हिसाबले भने प्रदर्शन राम्रो थियो।’ यता हारपछि एस्टन भिल्ला रेलिगेसन क्षेत्रबाट माथि उठ्न सकेको छैन र जसलाई रेलिगेसन क्षेत्रबाट बच्न एक अंक आवश्यक छ।

लिभरपुललाई दबाबमा राखेर प्रदर्शन गरेको सिटीले साउथह्याम्पटनसँग भने त्यो लय दोहो¥याउन सकेन। चे एडम्सको गोलप्रेरणाबाट साउथह्याम्पटनले सिटीलाई १–० को हार चखायो। पेप ग्वार्डिओलाको टोली सिटीले ७४ प्रतिशत बल पोसेसन र २६ पटक सट प्रहार गर्दा पनि गोल निकाल्न सकेन। सिटीका फर्नान्डिन्हो, गाब्रियल जेसुस, डेविड सिल्भा र बर्नाडो सिल्भाले राम्रा अवसर खेर फाल्दा केही आक्रमण साउथह्याम्पटनका गोलकिपर एलेक्स म्याकार्थीले निस्तेज पारे। यता, रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत वेस्टह्यामले पनि २–२ को बराबरीमा चिक्त बुझायो।

यस अघि चेल्सीलाई स्तब्ध बनाएको वेस्टह्यामले दुई पटकको अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेको थियो। वेस्टह्याम डिसेम्बर पछि पहिलो पटक अवे खेलबाट अंक बटुल्न सफल भयो र पाँच खेल बाँकी छँदा रेलिगेसन क्षेत्रबाट चार अंकले माथि छ।

प्रकाशित: २३ असार २०७७ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App