इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले आइतबार बोलोग्नालाई २–१ को नतिजा सुम्पिएसँगै टोलीको इटालियन सिरी ‘ए’ उपाधि चुनौती समाप्त भएको बताएका छन्।
शीर्ष स्थानको युभेन्टसभन्दा ११ अंक र दोसो स्थानको लाजियोसँग आठ अंकले पछि परेको कोन्टेको टोलीलाई उपाधि चुनौती कायम राख्न स्पष्ट तीन अंक आवश्यक थियो। तर, रोमेलु लुकाकुको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा इन्टरले बोलोग्नालाई नतिजा सुम्पिएको हो। १–० ले अघि रहेको इन्टरले पेनाल्टी अवसरसमेत खेर फालेको थियो। लिगमा ९ खेल मात्र बाँकी रहँदा इन्टर ६४ अंकका साथ तेस्रो स्थानमा छ, जुन चौथौ स्थानको एट्लान्टाभन्दा मात्र एक अंक बढी हो।
शीर्ष स्थानको युभेन्टसभन्दा ११ अंक र दोसो स्थानको लाजियोसँग आठ अंकले पछि परेको कोन्टेको टोली इन्टर मिलानलाई उपाधि चुनौती कायम राख्न स्पष्ट तीन अंक आवश्यक थियो। तर, रोमेलु लुकाकुको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा इन्टरले बोलोग्नालाई नतिजा सुम्पियो।
‘जे भयो त्यो स्पष्ट छ, अब मैले भनिराख्नु पर्ने केही छ जस्तो लाग्दैन,’कोन्टेले भने, ‘हामी सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। हामीले आज बोलोग्नालाई नतिजा उपहार दियौं। हामीले आपैंmलाई प्रश्न सोध्ने समय आएको छ।’
२२औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट इन्टर खेलमा अघि बढेको थियो। ६२औं मिनेटमा इन्टरले अग्रता दोब्बर पार्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन। लाउटारो मार्टिनेज पेनाल्टीमा असफल हुँदा इन्टर निराश बनेको थियो। ७४औं मिनेटमा मौसा जुवारा र त्यसको ६ मिनेटपछि मौसा बारोले गरेको गोलबाट बोलोग्नाले इन्टरलाई स्तब्ध बनायो।
प्रकाशित: २३ असार २०७७ ०३:०६ मंगलबार