७ वैशाख २०८१ शुक्रबार
खेल

करातेमा नेपाल तेस्रो

आइएसकेयु इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपाल सोमबार तेस्रो स्थानमा खुम्चेको छ।  

समान ६/६ स्वर्ण, रजत र कांस्यसहित नेपालले तेस्रो स्थान प्राप्त गरेको प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए। भारतले समान ११/११ स्वर्ण, रजत र २५ कांस्यका साथ पहिलो स्थान प्राप्त गर्दा इरानले भने १० स्वर्ण,  पाँच रजत र सात कांस्यसहित दोस्रो स्थान प्राप्त ग-यो। इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आइएसकेयु)को संयुक्त आयोजनामा सञ्चालित च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप एक स्वर्ण, दुई रजत र एक कांस्य जोड्न सफल भयो।

अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ती गुरुङ जिमीले नेपालका लागि थप एक स्वर्ण जोडिन्। यस्तै सिनियर विधाको पुरुषतर्फ नेपालका सोनिम मानन्धर र महिलातर्फ निता आचार्य रजत पदक जित्न सफल भए। सिनियर पुरुषतर्फ बब्लु रैनले कांस्य पदकमा चित्त बुझाए।

प्रकाशित: २३ असार २०७७ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App