८ वैशाख २०८१ शनिबार
खेल

भर्चुअल तेक्वान्दो च्याम्पियनसिप हुने

दोस्रो रोल्पा खुला जुनियर भर्चुअल तेक्वान्दो (आइटिएफ) राष्ट्रिय प्याटर्न च्याम्पियनसिप हुने भएको छ।

रोल्पा आइटिएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा राष्ट्रिय प्याटर्न च्याम्पियनसिप आयोजना गर्ने भएको हो। च्याम्पियनसिपमा हरियोदेखि रातो पेटीसम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। खेलाडीले वन–ह्यो तुल प्याटर्न र आफूले इच्छ्याएको एउटा प्याटर्न गरी जम्मा दुईवटा प्याटर्नको भिडियो रोल्पा आइटिएफ तेक्वान्दो संघलाई बुझाउनुपर्नेछ। प्रतिस्पर्धी खेलाडीले असार १ देखि आइतबारसम्म भिडियो पठाउनुपर्ने समयसीमा तय गरिएको थियो र नतिजा प्रकाशन भने असार २५ गते हुने आयोजकले जनाएको छ।  

उक्त भिडियो नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)का राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीले भिडियो कन्फरेन्स मिटिङमार्पmत प्रतियोगीको भिडियो विश्लेषण गरेर विजेता तय गर्नेछन्। उक्त च्याम्पियनसिपका विजेताले पाँच हजार, दोस्रोले ३ हजार पाँच सय र तेस्रो हुनेले २ हजार पाँच सय नगद पुरस्कार पाउने रोल्पा आइटिएफ तेक्वान्दो संघका अध्यक्षसमेत रहेका च्याम्पियनसिपका संयोजक बिक्रम बाठामगरले बताए। च्याम्पियनसिपको प्रथम पुरस्कारको प्रायोजन परिवर्तन गाउँपालिका–२ सुरेस बाठामगरले, मिलन सुनुवारले दोस्रो र ओपेन्द्र रोकामगरले तेस्रो पुरस्कार प्रायोजन गरेका छन्। लकडाउनयता यसअघि पनि रोल्पाले प्रथम रोल्पा खुला अनलाइन राष्ट्रव्यापी तेक्वान्दो आइटिएफ च्याम्पियनसिप आयोजना गरेको थियो।

दोस्रो पटक भने खुला जुनियर भर्चुअल तेक्वान्दो आइटिएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप आयोजना हुने भएको छ। पछिल्लो समयमा कोरोना भाइरस(कोभिड–१९)को महामारी नरोकिएपछि विभिन्न खेलकुदका अनलाइन गतिविधि सञ्चालन हुँदै आएका छन्। विकल्पका रूपमा विश्व खेलकुदका विभिन्न खेल महासंघले नै अनलाइनमा च्याम्पियनसिप सञ्चालन गरिरहँदा नेपालले पनि त्यसको अनुशरण गर्न थालेको छ। यस किसिमका आयोजनाबाट खेलाडीले लकडाउनको समयमा पनि घरबाटै पनि आफ्नो खेल कौशललाई अगाडि बढाउने अवसर पाएका छन्।

प्रकाशित: २२ असार २०७७ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App