१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्थिक अनियमितता नगरेको स्पष्टोक्ति

नेपाल बक्सिङ संघले विधान मिचिएको र आर्थिक अनियमितता गरेको भन्ने आरोप निराधार रहेको जनाएको छ।

संघले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय आफूमाथि लगाएकोे आरोप तथ्यहीन र निराधार रहेको जनाएको हो। संघमा आर्थिक अनियमितता भएको, विधान मिचिएको, बक्सिङको स्तर खुम्चिएको भन्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको छ र त्यसमा कुनै पनि सत्यता नभएको संघका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आर्थिक र अन्य गतिविधिमा राज्य तथा सरोकारवाला निकायहरूको निगरानी अपरिहार्य रहेको र युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनअनुरूप खेल विकासमा अगाडि बढिरहेको संघले दाबी गरेको छ।

त्यस्तै बक्सिङ संघले आफ्ना आर्थिकलगायत सम्पूर्ण गतिविधिहरू पारदर्शी रहेको समेत दाबी गरेको छ। साथै वर्तमान नेतृत्वकै कारण १२औं दक्षिण एसियाली खेलकुद (साग) मा तीन कांस्य र १३औं सागमा ३६ वर्षपछि सर्वाधिक तीन स्वर्ण, ६ रजत र ६ कांस्य पदक जितेकाले बक्सिङ विकासमा ठूलो फड्को मारेको संघको भनाइ छ। सन् २०१० देखि अन्तर्राष्ट्रिय पदकको खडेरीलाई तोड्दै आफ्नो कार्यकालमा ९ स्वर्ण, दुई रजत र दुई कांस्य जित्न सफल भएको हुँदा पछिल्ला समय नेपाली बक्सिङले ठूलो फड्को मारेको संघका अध्यक्ष राम अवालेले बताए।  

जोर्डनमा सम्पन्न टोकियो ओलम्पिक २०२० छनोट (एसिया आसियान ओलम्पिक क्वालिफाइङ) मा नेपाली खेलाडी गरेको उच्च प्रदर्शन नै पछिल्लो समय खेल विकासमा फड्को मारेको आधार रहेको संघको दाबी छ। संघकै पहलमा पछिल्लो समय नेपाली बक्सिङले आइबा वान स्टार रेफ्री जज प्रशिक्षण कोर्सबाट कुल १८ जना नेपाली रेफ्री जजलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गराउन सफल भएको संघले उल्लेख गरेको छ। राखेपको नीति निर्देशनको अधिनमा रही बक्सिङ खेल विकास र विस्तारमा काम गरिरहेको समय तथ्यहीन प्रचार नगर्नसमेत संघका अध्यक्ष अवालले चेतावनी दिएका छन्।

प्रकाशित: १९ असार २०७७ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App