coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अश्वेत फुटबलरको सालिक बनाइने

फुटबल समर्थकले ज्याक लिस्लेको सालिक बनाउन रकम जम्मा गरिरहेका छन्। लिस्ले ती खेलाडी हुन्,जसले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्ने निर्णय गरे तर अश्वेत भएकै कारणले छनोटकर्ताले उनलाई टोलीमा समावेश भने गरेनन्।  

प्लेमाउथबाट व्यावसायिक खेल खेलेका लिस्लेकी आमा इङ्लिस थिइन् भने बुबा जमैकन थिए। लिस्लेलाई सन् १९२५ मा इङ्ल्यान्ड राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका लागि बोलाइए पनि अन्तिम छनोटमा भने उनले स्थान बनाउन सकेका थिएनन्।

भिभ एन्डरसन ५३ वर्षअघि इङ्ल्यान्ड राष्ट्रिय टोलीमा स्थान बनाउने पहिलो अश्वेत खेलाडी थिए।  

‘हामी उनको सम्झनामा सालिक उठाउने मात्र होइन, हामी यसलाई रंगभेदी दुव्र्यवहारका विरुद्धको अभियानका रूपमा अघि बढाउन चाहन्छौं,’ दी ज्याक लिस्ले क्याम्पेनको आधिकारिक वेभसाइटमा उल्लेख गरिएको छ।

अमेरिकामा प्रहरी दमनमा जर्ज फ्लोइडको मृत्यु भएपछि अहिले विश्वभर ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्दै रंगभेदी दुव्र्यवहारविरुद्ध प्रदर्शन भइरहेका छन्।

‘मैले सुनेअनुसार तत्कालीन इङ्ल्यान्ड राष्ट्रिय टोलीका म्यानेजरले एउटा उदीयमान खेलाडी छ भन्दै लिस्लेको नाम छनोट कमिटीमा पठाएका थिए,’ लिस्लेकी नातिनी लिस्ले हिस्कटले भनिन्, ‘उनलाई संघमा बोलाएर प्रतीक्षा गर्न भनियो। कोही एक कर्मचारी उनी कुरिरहेको स्थानमा आए। छनोटकर्ताले उनको फुटबल कला हेर्ने उद्देश्य नै राखेनन्। मात्र उनको रंग हेरियो। त्यसै कारण उनलाई उत्कृष्ट हँुदाहँुदै पनि नियतवश राष्ट्रिय टोलीबाट खेल्न वञ्चित गरियो।’

सन् १९७८ मा एन्डरसनले नटिङ्घम फरेस्ट स्टारबाट खेल्दा इङ्ल्यान्ड राष्ट्रिय टोलीमा स्थान बनाउँदै चेकोस्लोभाकियाविरुद्धको खेलबाट डेब्यु गरेका थिए।  

‘यो लिस्लेका लागि मात्र सम्झने कार्य होइन। यो त रंगभेदी दुव्र्यवहारप्रतिको विरोध हो,’ प्लेमाउथका अध्यक्ष सिमोन हालेटले भने, ‘विजेताहरूले इतिहास लेखिसकेका छन्  र अहिलेको कदम भनेको अन्यायमा परेका खेलाडीलाई उचित अवसर दिइयोस् भन्ने हो।’

प्रकाशित: १८ असार २०७७ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App