८ वैशाख २०८१ शनिबार
खेल

अभ्यासमा बोलाउँदा खेलाडीमा ऊर्जा

विक्रम लामा

कोरोना भाइरस महामारीका कारण अहिले विश्व खेलकुदलाई स्वाभाविक लयमा फर्कन समय लागे पनि विभिन्न विकल्पका साथ खेलकुद गतिविधि पुनः सुचारु भइरहेका छन्।  

बुन्डेसलिगा, इटालियन सिरी ‘ए’, स्पेनिस ला लिगा र इङ्लिस प्रिमियर लिगले बन्द रंगशालामा भए पनि लिग पुन सुचारु गरिसकेका छन्। कोरोना भाइरसको कारण नेपालमा पनि अहिले खेलकुद गतिविधि शून्य छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कहिलेबाट खेलकुद गतिविधि सुचारु गर्नेबारे केही निर्णय गरेको छैन। यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने कतार विश्वकप २०२२ को छनोट चरणअन्तर्गत होम म्याचका लागि भन्दै राष्ट्रिय फुटबल टोलीलाई जुलाई पहिलो साताबाट अभ्यासका लागि बोलाइसकेको छ। जसबाट खेलाडीहरूमा विशेष ऊर्जा आएको राष्ट्रिय टोलीका मिडफिल्डर तथा थ्री स्टारका कप्तान विक्रम लामाको बुझाइ छ।  

‘हामी नियमित फुटबल गतिविधिबाट अलग भएको करिब ३ महिना बितिसकेको छ,’ लामाले भने, ‘यसबीचमा हामीले शारीरिक रूपमा फिट ह्ुन  घरमै सामान्य अभ्यास ग¥यांै। एउटा खेलाडी शारीरिक र मानसिक रूपमा पनि फिट हुन आवश्यक छ। लामो समय घरमै बसी खेलकुद गतिविधिबाट अलग हुँदा यसले मानसिक रूपमा दबाब बढ्छन्, विशेषत आर्थिक पाटोका कारण। एन्फाले जुलाई पहिलो साताबाट अभ्यास सुचारु गर्ने जनाएको छ। यसले हामीलाई उत्साही बनाएको छ।  

लामाले अभ्यास सुचारु गर्ने निर्णय स्वागतयोग्य भएको भन्दै त्यसका लागि एन्फाले नेपाल सरकार, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र फिफाको सामाजिक दूरी एवं स्वास्थ्य निर्देशिका पालना गर्नुपर्ने बताए।

‘राष्ट्रिय टोलीको अभ्यास सुरु हुनु भनेको फुटबल गतिविधि चलायमान भयो भन्ने हो। यसले ‘ए’ डिभिजन, ‘बी’ डिभिजन र ‘सी’ डिभिजनका खेलाडीका साथै नेपाली दर्शकमा पनि एक किसिमको ऊर्जा ल्याउँछ।’

‘राष्ट्रिय टोलीको अभ्यास सुरु हुनु भनेको फुटबल गतिविधि चलायमान भयो भन्ने हो,’ लामाले थपे, ‘यसले ‘ए’ डिभिजन, ‘बी’ डिभिजन र ‘सी’ डिभिजनका खेलाडीका साथै नेपाली दर्शकमा पनि एक किसिमको ऊर्जा ल्याउँछ।’

लामाले इटाली, जर्मनी, स्पेन र इङ्ल्यान्डले फुटबल गतिविधि पुनः सुचारु गर्नका लागि बन्द रंगशालामा खेल खेलाएको र नेपालले पनि घरेलु फुटबल गतिविधि सञ्चालनका लागि समेत त्यसको सिको गर्न सक्नुपर्ने बताए।  

एन्फाको आकस्मिक बैठकले गत साता फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट होम म्याचका लागि जुलाई पहिलो साताबाट अभ्यास सुचारु गर्ने निर्णय गरेको थियो। त्यसका लागि एन्फाले राखेप, स्वास्थ्य मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई अभ्यासका अनुमति दिन आग्रह गरेको थियो।  

नेपालले विश्वकप छनोट चरणअन्तर्गत अक्टोबर ८ र १३ मा क्रमश चाइनिज ताइपेई र अस्ट्रेलियासँगको होम म्याच खेल्ने तय भएको छ। 

प्रकाशित: १० असार २०७७ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App