२३ असार २०७७ मंगलबार
खेल

युभेन्ट्सद्वारा स्पष्ट चार अंकको अग्रता

क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोल प्रेरणाबाट युभेन्ट्सले बोलोग्नामाथि सोमबार २–० को जित निकाल्दै सिरी ‘ए’ को अंकतालिकामा शीर्ष स्थानका स्पष्ट चार अंकको अग्रता बनाएको छ।

इटालियन कपको फाइनलमा गोल गर्न असफल रोनाल्डो र डिबालाले सिरी ‘ए’ मा भने छिटै गोल गर्दै स्पष्ट जितका साथ दोस्रो स्थानको लाजियोविरुद्ध चार अंकको अग्रता बनाएका हुन्। पोर्चुगिच स्टार रोनाल्डोले इटालियन कपको सेमिफाइनलमा एसी मिलानविरुद्ध पेनाल्टी अवसर चुकाएका थिए र फाइनलमा नेपोलीसँगको ४–२ ले हार बेहोर्दा पेनाल्टी सुटआउटमा उनको नाम थिएन।  तर, ३५ वर्षे रोनाल्डोले गत मार्च ८ मा इन्टर मिलानलाई २–० ले हराएपछि भएको पहिलो लिग खेलमा भने पेनाल्टी अवसर गुमाएनन्।

२३औं मिनेटमा म्याथियस डी लाइज्टले सिर्जना गरेको पेनाल्टी अवसरलाई रोनाल्डोले सदुपयोग गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। त्यससँगै उनले सबै प्रतियोगितामा गरेर यस सिजन २६ गोल पूरा गरेका छन्। खेलको ३६औं मिनेटमा डिबालाले अग्रता दोब्बर बनाउँदा फेडरिको बर्नाडेस्चीको ब्याक हिल पास सदुपयोग गरेका थिए। त्यसपछि दुवै तर्पmबाट गोल हुन सकेन र युभेन्ट्सले दोस्रो स्थानको टोली लाजियोविरुद्ध चार अंकको अग्रता बनाउन सफल भयो। ‘हामीलाई आत्मविश्वासको आवश्यकता छ र यो जितले थप प्रेरणा मिल्नेछ,’ डिबालाले भने, ‘अभैm केही सहज भने छैन, किनकि हामीले लामो समयसम्म फुटबल खेलेनौं।’

२३औं मिनेटमा म्याथियस डी लाइज्टले सिर्जना गरेको पेनाल्टी अवसरलाई रोनाल्डोले सदुपयोग गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। त्यससँगै उनले सबै प्रतियोगितामा गरेर यस सिजन २६ गोल पूरा गरेका छन्।

आफूहरूले इटालियन कप जितेको भए सबैबाट तारिफ पाउन लायकको ट्याक्टिकल खेलेको समेत डिबालाले दाबी गरे। ‘यदि हामीले इटालियन कप जितेको भए सबैबाट तारिफ पाउँथ्यौं, किनकि ट्याक्टिकल रूपमा हाम्रो खेल उत्कृष्ट थियो। तर पनि नतिजा राम्रो आएन र उपाधि गुमायौं,’ डिबालाले भने, ‘आज हामीले उत्कष्ट खेल्यौं तर पनि हामीले २–० को भन्दा हाम्रो नतिजा ल्याउन सक्नुपथ्र्याे।’ लाजियो बुधबार चौथो स्थानको एटलान्टासँग उसकै घरेलु मैदानमा बर्गामोको यात्रा गर्नेछ र त्यहाँ जित निकाल्दै दुई दशकपछि सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यलाई जोगाइराख्न प्रयास गर्नेछ।

 

प्रकाशित: १० असार २०७७ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App