coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

४० लाख बजेटको योजनामा ४० जनाकै अध्यक्ष दावी

उपभोक्ता समिति गठनका लागि आमभेलामा जम्मा भएका उपभोक्ता । तस्विरः महेश्वर ।

उदयपुरको कटारी नगरपालिकामा निर्माणाधीन ‘त्रिबेणी रंगशाखा’ को चालु वर्षको काम गर्न उपभोक्ता समिति गठनमा ३ दर्जन बढीले अध्यक्षको दावी गरेपछि समिति चयन प्रक्रिया पेचिलो बन्न पुगेको छ । कटारी २ सिमानपुरमा निर्माणाधीन रंगशालामको ‘निर्माण उपभोक्ता समिति’ गठन गर्न आयोजित भेलामा ४० बढीले अध्यक्ष दावी गरेपछि समिति चयन हुन सकेन ।

समिति गठन गर्न वडा समितिले बोलाएको भेलामा अध्यक्ष हुनुपर्ने दावी गर्नेहरु ४० जना पुगेपछि समिति नै गठन हुन नसकेको स्थानीयले बताए । झण्डै ३ महिनादखि जारी लकडाउनले काम गर्न नपाउँदा असार मसान्त नजिकिएकाले चाँडो समिति गठन गरेर निर्माण कार्यमा लाग्नुपर्नेमा धेरैलाई अध्यक्ष चाहिएकाले समिति बन्नै नसकेको वडाध्यक्ष प्रेम थापाले बताए । गत मंगलबार बोलाइएको भेलामा ४० को अध्यक्षमा दावीले समिति बन्न नसकेको उनले बताए ।  

सिमानपुरमा दुईवर्षदेखि निर्माणाधीन वहुवर्षीय योजना रंगशालाको चालुवर्ष प्याराफिट बनाउन संघीय सरकारले खेलकुद मन्त्रालयमार्फत ४० लाख विनियोजन गरेको छ । ४० लाखको योजनामा अध्यक्ष बन्न ४० जनाकै दावीले काम अघि बढाउनै मुस्किल भएको अध्यक्ष थापाले बताए । दिनभरी भएको छलफलमा लामो रस्साकस्सीपछि नगरपालिकाले टुंग्याउने गरी वैकल्पिकसहित ३ जनाको नाम अध्यक्षमा  प्रस्ताव गरी भेलाले सिफारिस गरेको छ ।  

भेलाले वडाध्यक्षको सहमतिमा नगरप्रमुखले अध्यक्ष टुंगो लगाउने भन्ने लिखित सहमतिसमेत गरिएको वडाध्यक्ष थापाले बताए । समिति गठन गर्न ढिला भईसकेकाले धेरैजनाको दावी संबोधन गर्न ३ मध्ये एकलाई अध्यक्ष बनाउने गरी नाम सिफारिस गरिएको उनले बताए । थापाले सर्वसम्मत निर्णय गर्न नसकेपछि नगरपालिकासँग परामर्श लिएर भेलाले वैकल्पिकसहति गरेको सिफारिस अनुसार नगरप्रमुखले ३ मध्ये एकलाई अध्यक्ष तोकेर समिति गठनको बाटो खोलिदिने अपेक्षा गरेको बताए । उनले आकांक्षीमध्ये मोहन कार्की, पुष्प दनुवार र गणेश बुढाथोकीको नाम सिफारिसमा परेको छ ।  

नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले भेलाबाट निश्कर्ष निस्कन नसकेका कारण वडाध्यक्ष थापासँग सल्लाह गरी अध्यक्षको नाम टुंग्याउन विकल्पसहितको नाम सिफारिस मागिएको बताए । उनले जुनसुकै योजनाको काम राम्रो र पारदर्शी ढंगले होस् भनेर समिति गठन गर्न सार्वजनिक सूचना प्रकाशित गरेरै गठन प्रक्रिया अघि बढाइएको बताए । भेलाले नाम टुंग्याउन नसकेपछि वैकल्पिक नामसमेत दिन सिफारिस मागिएको मेयर श्रेष्ठले बताए । समितिको अध्यक्ष भएर काम गर्ने धेरैको इच्छा र चासो हुनुलाई उनले सकारात्मक संज्ञा दिए । धेरैको चासो हुनु भनेको योजना दिगो र पारदर्शी ढंगले निर्माण हुने अपेक्षा गर्न सकिने उनले बताए ।  

‘जनताका लागि प्राप्त रकमको सदुपयोग गर्न यसरी नै धेरैको दावी र चासो हुनुपर्छ, यो धेरै राम्रो पक्ष हो’ मेयर श्रेष्ठले भने ‘समितिमा बसेर काम गर्न खोज्नु भनेको राम्रो कामका लागि प्रतिस्प्र्धा गर्न खोजेको भन्ने अर्थ लगाउनु पर्छ ।’ योजनामाथि सबैको खबरदारी भएमा काम राम्रो र पारदर्शी तरिकाले रकमको सदुपयोग हुने उनको ठम्याई छ ।  

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले उक्त रंगशाला निर्माणको काम आर्थिक वर्ष ०७४÷७५ देखि सुरु भएको बताए । वहुवर्षीय सो योजनामा खेलकुद मन्त्रालयबाटै ०७४÷७५ मा २० लाख र अघिल्लो वर्ष पनि प्राप्त २० लाख रुपैंया मैदान सम्याउने र ‘रिटेटिङ वाल’ लगाउने काममा खर्च भएको अर्यालले बताए । चालुवर्षको ४० लाखले एउटा प्याराफिट बनाउने निर्णय भएको उनले बताए ।  

प्रकाशित: ३२ जेष्ठ २०७७ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App