coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेसी बार्सिलोनाको तालिममा फर्किए

खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रगंशालामा शनिबारदेखि उपस्थित भएका छन् । 

त्यसैगरी, सोही समूहका अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्न सक्ने स्पेनी क्लब बार्सिलोनाले जनाएको छ ।          

मेस्सीले बुधबार र शुक्रबारको अभ्यासलाई मैदानमा नछिरीकन निरन्तरता दिए पनि शनिबारदेखि अभ्यासका लागि मैदानमा उपस्थित भएर छेउछाउबाट अभ्यास गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।      

ला लिगाको नेतृत्वदायी टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दै छ । स्वारेजको घुँडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलोपटक बार्सिलोनाको लागि खेल्दै छन् । उनले अभ्यासका क्रममा दुखाइ महसुस नगरेको जनाएपछि बार्सिलोनाले खेलमा फर्काएको हो ।  

यो सत्रमा मेसी र स्वारेजको सहकार्यमा सबै प्रतिस्पर्धामा बार्सिलोनाका लागि कुल ३८ गोल भएका छन् । बार्सिलोनाले रियल मेड्रिडलाई दुई अंकले नेतृत्व गर्दै तालिकामा अग्रता हासिल गरेको छ भने अझै ११ खेल हुन बाँकी छन् ।     

प्रकाशित: २४ जेष्ठ २०७७ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App