८ वैशाख २०८१ शनिबार
खेल

तेक्वान्दो खेलाडीलाई सहयोग

काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले आफ्नो मातहतमा रहेका डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौंभित्रका तेक्वान्दो खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले खाद्यान्न प्रदान गरेको हो । कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्यामा परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए । पहिलो चरणमा उनीहरूलाई चामल, दाल र तेल र नुुन प्रदान गरिएको थियो । कार्यसमितिका सचिव घिसिङ, कोषाध्यक्ष बब्लु शिवाकोटी र खोटाङ जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष अर्जुनभक्त राईको पहलमा कुल एक लाख ३६ हजार रुपियाँबराबरको खाद्यान्न प्रदान गरिएको थियो ।

राष्ट्रिय पूर्वखेलाडी हङकङमा बस्दै आएका राजु खड्काले २० बोरा चामल र ७० प्याकेट नुन, नेत्र तिमल्सिना र विमला पुनले १० बोरा चामल, टेकप्रसाद गोतामेले ५ बोरा चामल, समाजसेवी राजु शाक्यले ७० लिटर तेल र कार्यसमितिका कोषाध्यक्ष बब्लु शिवाकोटी, तेक्वान्दो खेलाडी गोपाल भण्डारी र प्रदीप कँडेलले १ सय ४० किलो दाल प्रदान गरेका थिए । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङले पहिलो चरण सहयोग गरिएको उल्लेख गर्दै लकडाउन धेरै लम्बिएमा समस्यामा परेका खेलाडी पहिचान गरी दोस्रो चरणमा सहयोग गर्ने बताए ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App