coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बेल रियालमै खुसी

स्पेनिस ला लिगा महारथी रियाल मड्रिडका गारेथ बेल इङ्लिस प्रिमियर लिग क्लबमा फर्कन अनिच्छुक रहेको उनका एजेन्ट जोनाथन बार्नेटले खुलासा गरेका छन् ।

३० वर्षे बेल विगत केही महिनादेखि रियालका प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध बिग्रिएपछि प्रिमियर लिगमा फर्कन इच्छुक रहेको खबरसमेत बाहिरिएको थियो । गत समरमा पनि उनी चिनियाँ क्लबसँग अनुबन्धनको नजिक पुगेको बताइएको थियो ।

‘उनको जीवनशैली राम्रो छ । मलाई उनी रियालमै सन्तुष्ट छन् जस्तो लाग्छ,’ बार्नेटले भने । बेल प्रिमियर लिगको आफ्नो पूर्वक्लब टोटेनह्याम र न्युक्यासल युनाइटेडसँग अनुबन्धनका लागि निरन्तर सम्पर्कमा रहेको समेत बताइएको थियो ।

सन् २०१३ मा टोटेनह्यामबाट कीर्तिमानी ८५ मिलियन युरोमा रियाल मड्रिड भित्रिएका बेलले रियालमा ४ पटक च्याम्पियन्स लिग, एक पटक स्पेनिस ला लिगा र एक पटक कोपा डेल रे जितेका छन् । साथै उनले रियालमै तीन पटक क्लब विश्वकप, तीन पटक युइएफए सुपर कप र एक पटक स्पेनिस सुपर कपसमेत जितेका छन् ।

‘मैल बेल सधैं रियालमै खुसी छन् भन्दै आइरहेको छु,’ बार्नेटले भने, ‘उनले क्लबबाट सबै खाले प्रतियोगिता जितेका छन् । त्यसैले उनी प्रिमियर लिगमा फर्कन्छन् जस्तो मलाई लाग्दैन ।’

प्रकाशित: २३ जेष्ठ २०७७ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App