८ वैशाख २०८१ शनिबार
खेल

‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दोमा खड्का निर्णायक

 कोरोना भाइरस ‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनीत भएका छन् ।    

प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना चयन भएकामा एसियाली महादेशबाट मनोनीत हुनेमा उनी एक मात्र भएको बताइएको छ । उनी ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन्    । युएस वेस्ट कोस्ट तेक्वान्दो सङ्घ पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समयअनुसार आज राति १२ बजेदेखि सुरु हुँदै छ । चारदिने प्रतियोगिता ‘जुम’ प्रविधिमार्फत हुनेछ ।           

प्रतियोगिताबाट सङ्कलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्षसमेता रहेका खड्काले जानकारी दिए  ।         

सहभागी खेलाडीले दर्ता शु्काबापत १०० अमेरिकी डलर बुझाउनु पर्नेछ । उनका अनुसार निर्णायकले पारिश्रमिकबापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरुप प्रदान गरिनेछ । निर्णायकले प्रतिदिन १०० अमेरिकी डलरका दरले पारिश्रमिक पाउनेछन् ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App