१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राबाडाको उत्साह

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो राबाडाले राष्ट्रिय टोलीबाट खेल्न अझै दृढ रहेको बताएका छन् । २०१९–२०२० सिजन गतिलो बनाउन नसकेका राबाडा इङ्ल्यान्डविरुद्धको टेस्ट दौरान विकेट लिएको खुसीयाली मनाउँदा खेल भावनाविपरीत गएको भन्दै एक टेस्ट प्रतिबन्धमा परेका थिए ।

२५ वर्षे राबाडा २०१८ को सिजनमा आइसिसीको टेस्ट बलरको शीर्ष स्थानमा बसेका थिए । तर गत वर्ष भने उनले लयअनुसारको प्रदर्शन गर्न सकेनन् । ‘म अझै पनि दक्षिण अफ्रिकी टोलीबाट खेल्न प्रतिबद्ध छु,’ राबाडाले भने, ‘गत वर्ष मेरा लागि निराशाजनक रह्यो । म अहिले स्वाभाविक लयमा फर्कन मिहिनेत गरिरहेको छु ।’

राबाडाले महत्वपूर्ण मानिएको चौथो टेस्टमा इङ्ल्यान्डका कप्तान जो रुटलाई नजिकै गएर गिज्याएका थिए । आइसिसीले उनको एक अंक घटुवा गरेको थियो । २४ महिनाको अन्तरमा ४ डिमेरिट पोइन्ट भएसँगै राबाडा स्वतः एक टेस्ट खेलका लागि निलम्बित भएका थिए ।

‘यो खेलप्रतिको लगाव हो,’ राबाडाले भने, ‘सबैको आफ्नो धारणा हुन्छ, विकेटको खुसीयाली कुन तरिकाले मनाउने हो भन्ने मैले नै निर्धारण गर्ने हो । तर मेरो उदेश्य कसैलाई गिज्याउनु पक्कै थिएन ।’

सन् २०१४ नोभेम्बरमा दक्षिण अफ्रिकी टोलीबाट डेब्यु गरेका राबाडाले टेस्ट, एकदिवसीय र ट्वान्टी–२० तीनै संरचना गरी कुल १ सय ४२ अन्तर्राष्टिय खेल खेलेका छन् । मार्चबाट भने कोरोना भाइरसको विश्वव्यापी महाामारीका कारण क्रिकेट गतिविधि पनि शून्य छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App