१५ चैत्र २०८० बिहीबार
खेल

इघालो युनाइटेडमै रहने

म्यानचेस्टर युनाइटेडले स्ट्राइकर इडियोन इघालोसँगको लोनको करार अवधि नवीकरण गर्दै आगामी वर्षको जनवरीसम्म बढाएको छ ।

गत जनवरीमा चाइनिज क्लब सांघाई सेनहुआबाट युनाइटेड आएका ३० वर्षीय इघालोको सम्झौताअवधि गत सोमबार मात्र सकिएको थियो । पछिल्लो हप्ता मात्र इघालोले इङ्लिस प्रिमियर लिग क्लब युनाइटेड छाड्ने चर्चा चल्दै आएको थियो । तर कोरोना भाइरसको महामारीका कारण युनाइटेडसँग नाइजेरियाका अन्तर्राष्ट्रिय खेलाडी इघालोको सम्झौता अवधि बढाउनुको विकल्पमा पनि भएन । त्यसैले लन्डन रेड डेभिल्सले उनको सम्झौता अवधि बढाउने निर्णय गर्यो ।

‘क्लबसँगै लामो समय रहने उनको सपना पनि छ । आशा छ, उनले कयौं उपाधि क्लबलाई दिलाउन मद्दत गर्नेछन्,’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने, ‘संघाई सेनहुआले पनि युनाइटेडसँग ठूलो हृदय देखायो र इघालोको सपना पूरा गर्ने अवसर दियो ।’ ओल्ड ट्राफोर्ड क्लबबाट इघालोले आठ खेलमा चार गोल गरेका छन् । रोमेलु लुकाकुले युनाइटेड छाडेपछि क्लबले इघालोलाई गत जनवरीमा थोरै समयका लागि लोनमा भित्र्याएको थियो ।

बाल्यकालदेखि युनाइटेडका समर्थक पनि रहेका इघालोले रेड डेभिल्सका लागि आफैंलाई प्रशंसक पात्रका रूपमा तयार गरेका थिए । उनले युनाइटेडबाट युरोपा लिग र एफए कपमा समान दुई गोल गरेका छन् । उनी औसत ८० मिनेटमा गोल गर्न सफल भएका छन् । कोरोनाका कारण प्रिमियर लिग प्रभावित हुनुअघि पनि नाइजेरियाका स्टार इघालो चार पटकसम्म बेन्चमा सीमित भए ।

गत मार्चमा युरोपा लिगअन्तर्गत एलएसकेविरुद्ध ५–० को जित निकाल्दा इघालोले एक गोल गरेका थिए । कोरोना महामारीपश्चात् प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने सम्भावना छ । अंकतालिकामा पाँचौं स्थानमा रहेको युनाइटेड ९ खेल बाँकी छँदा चौथो स्थानको चेल्सीबाट भन्दा तीन अंकले मात्र पछि छ । सोल्सजायरको टोली युनाइटेड एफए कपमा पनि क्वार्टरफाइनल र युरोपा लिगमा पनि अन्तिम १६ सम्म पुगेको छ । युरोपा लिगमा अन्तिम १६ को पहिलो लेगमा एलएसकेविरुद्ध ५–० को अग्रता बनाएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App