coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भत्तामा ५० प्रतिशत कटौती

क्रिकेट वेस्ट इन्डिजले जुलाईमा टेस्ट शृंखलाका लागि सैद्धान्तिक सहमति दिएको छ, तर त्यसका लागि खेलाडी र कर्मचारीको भत्तामा ५० प्रतिशत कटौती गरिने पनि जनाएको छ ।

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी) ले यसै साता समर टुरका लागि खेलतालिका सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको तीन टेस्ट शृंखलाअन्तर्गत पहिलो खेल जुलाई ८ मा सुरु हुने बताइएको छ । शृंखलाका सबै खेल बन्द मैदानमा खेलाइनेछ ।

तर शृंखलाका लागि बेलायत सरकारले स्वीकृति दिनुपर्नेछ भने इङ्ल्यान्ड आउना साथ वेस्ट इन्डिजको सम्पूर्ण टोली कम्तीमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

‘हामीले इङ्ल्यान्ड शृंखलाका लागि सहमति दिएका छाैं,’ क्रिकेट वेस्ट इन्डिजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इसिबी र हाम्रो स्वास्थ्य टोलीको सुझावपछि मात्र हामी यो निर्णयमा पुगेका हाैं ।’

मेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कोरोना भाइरस संक्रमणको महामारीका कारण टेस्ट क्रिकेट दौरान बलरले बलमा थुक लगाउन प्रतिबन्ध लगाएको थियो ।

इङ्ल्यान्डले १४ अनक्याप खेलाडीसहित ५५ खेलाडीलाई अभ्यासमा बोलाएको छ । इसिबीले गत साताबाट अभ्यासका लागि अनुमति दिइसकेको छ ।

प्रकाशित: २० जेष्ठ २०७७ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App