coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसियन जुनियर अनलाइन चेस च्याम्पियनसिपमा नेपाल

एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एन्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको छ ।

कोभिड–१९ ले विश्वलाई अक्रान्त बनाइरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीलाई क्रियाशील गर्दै मानसिक पीडाबाट मुक्त गराउने उद्देश्यले बुधबारदेखि ४ जुनसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता हुने भएको हो ।  नेपालको तर्फबाट पुरुषमा अविश्रे श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसथा तथा महिलामा खुस्बु थापा, अनीशा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी दिइन् ।

खेल स्विस प्रणालीअन्तर्गत नौ चरणको हुनेछ । ३.२ जोन अन्तर्गत हुने प्रतिस्पर्धामा नेपाललगायत बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स गरी पाँच राष्ट्रले सहभागिता जनाउनेछन् । च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरी ६ जोनका छनोट चरणका खेल हुनेछन् । प्रत्येक जोनमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन् ।

फाइनल चरण पनि स्विस प्रणालीमा ९ चरणकै हुने आयोजकले जनाएको छ । छात्रामा शीर्ष तीन खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन् । खुला जुनियर शीर्ष तीनभित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाइनल चरण दुईमध्ये एक छनोट गर्न पाउनेछन् । यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्ने खेलाडी जुनियर फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरण पनि स्विस प्रणालीअन्तर्गत नौ चरणकै हुने आयोजकले जनाएको छ ।

नेपाल रहेको जोनको प्रतियोगिता बंगालादेशको समयअनुसार बिहान १० बजेदेखि अपराह्न तीन बजेसम्म हुनेछ । प्रत्येक खेलाडीले प्रतियोगिता सुरु हुनुअगावै अनलाइनमा दर्ता हुनुपर्नेछ  । प्रतियोगिता सुरु भएपश्चात् कुनै पनि खेलाडीलाई प्रतिस्पर्धामा सामेल गराइने छैन । खेलाडीले प्रतिस्पर्धा समयसम्म अनलाइनमा नै रहनु पर्नेछ । कुनै पनि खेलाडीहरूले आर्बिटरको अनुमतिबेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन् । विजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शीर्ष तीनले नगद १ हजार ५ सय, १ हजार र ५ सय अमेरिकी डलर पाउनेछन्।

यस्तै महिलातर्फत शीर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कार पाउनेछन् । यस्तै नेपाल चेस संघले वैकल्पिक खेलाडीलाई अनलाइनलमार्पmत हुने च्याम्पियनसिपलाई अध्ययन गर्न र अनलाइनमार्फत नै जुनियर खेलाडीका लागि विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ इम्पावरमेन्ट सेमिनार पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App