coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बायर्नको जितमा किमिच नायक

जोसुआ किमिचको निर्णायक गोलप्रेरित बायर्न म्युनिखले मंगलबार निकटम प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डमाथि १–० को जित निकाल्दै यस सिजन बुन्डेसलिगाको उपाधि होड बलियो बनाएको छ ।

उपाधि होडका लागि महत्वपूर्ण मानिएको खेलमा बायर्नले डर्टमन्डमाथि जित निकाल्दै सात अंकको अग्रतासहित लगातार आठौं उपाधिनजिक पुगेको हो । यस सिजन ६ खेल मात्र बाँकी छँदा शीर्ष स्थानको बायर्न उपाधिनजिक पुगेपछि खेलका नायक किमिचले आफ्नो गोल निकै महत्वपूर्ण रहेको बताएका छन् । डर्टमन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलको पहिलो हाफ सकिनुभन्दा अगाडि गोल गर्दै उनले टोलीलाई अग्रता दिलाएका थिए । बन्द रंगशालामा डर्टमन्डले केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा बायर्न उपाधिहोड नजिक पुग्यो ।

‘त्यो गोल निकै महत्वपूर्ण थियो । मैले मेरा सहकर्मीमाझ पनि त्यसको महत्व देखेको थिएँ,’ किमिचले भने । बायर्नका कप्तान मानुएल नुयरले पनि पनि रक्षात्मक मिडफिल्डर किमिचको भनाइ समर्थन गरेका थिए । ‘त्यो गोल नै धेरै कुरा संकेत गरेको थियो । यसअघि नोभेम्बरमा आफ्नै घरेलु मैदानमा बायर्नले ४–० ले जित निकालेको थियो । दोस्रो स्थानको डर्टमन्डमाथिको जित शृंखलालाई उसकै घरेलु मैदानमा पनि जारी राख्यो । ‘अब उपाधि निक्र्याेल स्वयम् बायर्नमै निर्भर रहन्छ,’ निकै निराश भएका डर्टमन्डका कप्तान म्याट हमल्सले भने, ‘कहिलेकाहीं सानदार क्षणले खेल निर्णय गर्दछ, आज पनि त्यस्तै थियो ।’

डर्टमन्डका युवा स्टार इर्लिङ ब्राउट हालान्ड जसले यस सिजन १० गोल गरिसकेका छन्, तर उनी बायर्नको बलियो रक्षात्मक रणनीतिसामु असफल भए । चोटका कारण हालान्ड दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । खेल सकिन २० मिनेट बाँकी छँदा बायर्नका डिफेन्डर जेरोमी बोएटिङको ट्याकलपछि हालान्ड मैदानबाट बाहिरिए । बायर्नका डिफेन्डर जेरोमी बोएटिङ र डेविड आलाबाले डर्टमन्डका लागि आक्रमणको कुनै ठूलो अवसर दिएनन् । साथै बायर्नका मिडफिल्डर किमिच र लियोन गोरेट्ज्काको सटीक पासले डर्टमन्ड दबाबमा परेको थियो ।

खेलको पहिलो मिनेटमै हालान्डका प्रहारलाई बोएटेङले गोल लाइनबाट क्लिएर गर्दै असफल बनाएका थिए । लगत्तै थोर्गन हाजार्डको पासमा हालान्डको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको १९औं मिनेटमा बायर्न अग्रता लिनबाट वञ्चित भयो । सर्ज जिनाब्रीले किंग्सले कोमानको पासमा ६ यार्ड नजिकबाट गरेको प्रहारलाई डर्टमन्डका लुकास पिस्जेकले गोल लाइनबाट क्लियर गरिदिए । २४औं मिनेटमा कोमानको सशक्त प्रहार डर्टमन्ड गोलकिपर रोमन बुर्कीले बचाए पनि रिबाउन्डमा मुलरले प्रहार गर्न सकेनन् ।

३४औं मिनेटमा हालान्डले पेनाल्टी क्षेत्रभित्रबाट अवसर पाए पनि अल्फोन्सो डेभिसले उत्कृष्ट ट्याकल गर्दै असफल बनाए । ४०औं मिनेटमा लिओन गोरेट्ज्काले २५ यार्ड टाढाबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुर्कीले विफल पारिदिए ।

४३औं मिनेटमा बायर्नले किमिचको गोलबाट खेलमा अग्रता लियो । किमिचले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट गोलकिपर बुर्की पोजिसनमा नरहेको अवस्था हेर्दै गरेको चिप प्रहार टम कर्नरमार्पmत गोलमा परिणत भयो । बुर्कीको हातले बल छोए पनि गोल रोक्न उनी असफल भए । दोस्रो हाफमा डर्टमन्डले जेडन सान्चोलाई मैदान प्रवेश गराए पनि सफलता पाउन सकेन । जितसँगै बायर्नको २८ खेलमा ६४ अंक छ भने दोस्रो स्थानको डर्टमन्डले २८ खेलमा ५७ अंक जोडेको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App