५ वैशाख २०८१ बुधबार
खेल

श्रीलंकाली क्रिकेटर प्रहरी हिरासतमा

श्रीलंकन पुलिसले अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिहान मधुशंकालाई लागू औषधको कारोबार आरोपमा सोमबार नियन्त्रणमा लिएको छ । २५ वर्षीय मधुशंकाले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा ह्याट्रिक गरेका थिए । मधुशंकालाई करिब दुई साता अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ ।  

पान्नाला भन्ने स्थानबाट जाने क्रममा उनले दुई ग्राम हिरोइन बोकेको अनुसन्धानमा खटिएको पुलिसले जनाएको हो । कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहेको समयमा पनि मधुशंका ड्राइभरको सहायतामा घुमिरहेको श्रीलंकन पुलिसले जनाएको छ ।  

दायाँ हातो पेस बलरले बंगलादेशविरुद्ध भएको एकदिवसीय खेलमा ह्याट्रिक गरेका थिए । उक्त खेल २०१८ को पहिलो महिनामा नै भएको थियो । सोही वर्ष उनले बंगलादेशविरुद्ध नै दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यसयता उनी चोटका कारण मैदानमा उत्रिएका छैनन् । गत मंगलबारबाट श्रीलंकामा कफ्र्यु लागेको छ । लगाएको कफ्र्यु तोड्ने क्रममा श्रीलंकन पुलिसले करिब ६५ हजार सर्वसाधारणलाई नियन्त्रणमा लिएको छ । श्रीलंकामा भने गत मार्च २० देखि लकडाउन हुँदै आएको छ । 

प्रकाशित: १३ जेष्ठ २०७७ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App