coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन

विश्वभर रहेका नेपाली कराते खेलाडी तथा प्रशिक्षकहरूले देशको खेलविकासमा योगदान गर्ने उद्देश्यले ग्लोबल नेप्लिज कराते अर्गानाइजेसन गठन गरेका छन् ।

नेपालमा करातेका खेल विकास र विस्तारमा सघाउ पुर्याउने उद्देश्यले सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन भएको हो । नेपाली करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले देशमा रहँदा कराते खेलमा योगदान पुर्याएका पूर्वखेलाडी र प्रशिक्षकलाई विदेशमा रहेर पनि एकै ठाउँ उभ्याउने माध्यमका लागि  ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन गरेका बताए । आरकेका अनुसार सर्वसम्मत रूपमा कार्यसमिति गठन भएको हो । हाल दक्षिण कोरियामा रहेका आरके ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनका उपाध्यक्षसमेत हुन् ।

त्यस्तै अन्य उपाध्यक्षमा रामेश्वर श्रेष्ठ र जनक राई चयन भएका छन् । महासचिवमा सरोज भट्टराई, सचिवमा मुकेश बरुवाल र कोषाध्यक्षमा सुनीता श्रेष्ठ महर्जन चयन भएका छन् । सदस्यहरूमा साजनराज मास्के, प्रशान्तकर्म सिंह, कृष्ण गुरुङ, लोकमानसिंह, मकेन्द्रबहादुर सिंह श्रेष्ठ र फुर्बा तामाङ छन् । अर्गनाइजेसनको मुख्य उद्देश्य नेपाली खेलाडीलाई खेल क्षेत्रमा अगाडि बढ्न उत्पे्ररणा दिने रहेको उपाध्यक्ष आरकेले जानकारी दिए ।

‘यसअघि पनि हामीले विदेशी भूमिमा रहेर नेपाली खेलाडीलाई अप्ठ्यारो परेको समयमा साथ दिँदै आएका थियौं,’ आरकेले भने, ‘अब संस्थागत रूपमै एकजुट भएर नेपाली खेलक्षेत्रको विकासमा लाग्ने लक्ष्य बनाएका हौं ।’ लकडाउनको समयमा अनलाइन प्रविधिबाट भएको भेलाले पिछडिएका क्षेत्रमा रहेका प्रतिभावान् खेलाडीको उत्थान र प्रवर्धनमा गहन भूमिका खेल्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App