coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ओसाका धेरै कमाउने खेलाडी

जापानकी टेनिस स्टार नाओमी ओसाका विश्वका सबैभन्दा धेरै कमाइ गर्ने महिला खेलाडी घोषित भएकी छन् । फोब्र्स म्यागाजिनका अनुसार ओसाकाले अमेरिकी सदावहार टेनिस स्टार सेरेना विलियम्सलाई पनि पछि पारेकी छन् । ओसाकाले पछिल्ला १२ महिनामा पुरस्कार रकम र विभिन्न विज्ञापनमा काम गरेबापत कुल ३ करोड ७४ लाख डलर कमाइ गरेको फोब्र्सले उल्लेख गरेको छ । 

जुन सेरेनाको भन्दा १४ लाख डलर बढी हो । एक वर्षमा उनले सबै सर्वकालीन धेरै कमाउने सूचीमा पनि आफूलाई स्थापित गरिन् । युवा स्टार नाओमी ओसाकाले एक वर्षमा धेरै कमाउने महिलाको रेकर्ड बनाइन् ।

यसअघि मारिया सारापोभाले सन् २०१५ को वर्षमा २ करोड ९७ लाख डलर कमाइ गर्दै रेकर्ड राखेकी थिइन् । फोब्र्सले सन् १९९० देखि महिला खेलाडीको वार्षिक आम्दानीलाई सूची बनाउँदै प्रकाशित गर्न थालेको हो । धेरैजसो टेनिसकै खेलाडी वर्षमा धेरै कमाइ गर्ने सूचीमा पर्ने गर्छन् । फोब्र्सले सन् २०२० मा धेरै कमाइ गर्ने खेलाडीको सूची सार्वजनिक गरेको छ, ‘जसमा दुई पटक ग्रान्ड स्लाम च्याम्पियन ओसाका २९औं स्थानमा छिन् । विलियम्स भने ३३औं स्थानमा समावेश छिन् ।’ 

पछिल्ला चार वर्षदेखि धेरै कमाइ गर्ने सूचीमा शीर्षता कायम गर्दै आइरहेकी विलियम्सलाई यस वर्ष भने ओसाकाले पछि पारिन् । ओसाकाले सन् २०१८ को युएस ओपन र सन् २०१९ को अस्ट्रेलियन ओपन जितेपछि विश्व बजारका ग्लोबल ब्रान्डमा प्रायोजन अवसर पाएकी थिइन् । २३औं पटककी ग्रान्ड स्लाम च्याम्पियन विलियम्सले आफ्नो करियरमा प्रायोजनबाट तीस करोड डलरभन्दा बढी रकम कमाएकी छन् । ३८ वर्षे विलियम्स सर्वाधिक ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्नबाट एक उपाधिले मात्र पछि छन् ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App