८ वैशाख २०८१ शनिबार
खेल

२०२१ को मिति नै अन्तिम अवसर : बाच

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रमुख थोमस बाचले टोकियो ओलम्पिक २०२१ अन्तिम अवसर भएको प्रतिक्रिया दिएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण २०२० को अन्त्यतिर  तय भएको ओलम्पिक खेल एक वर्ष धकेलिएको विषयमा धारणा राख्दै २०२१ को मिति नै अन्तिम अवसर भएको प्रतिक्रिया दिएका हुन् । आगामी वर्षको सुरुआतमा कोरोना भाइरस नियन्त्रणमा नआए जापान ओलम्पिक नै रद्द हुने सम्भावना रहने प्रतिक्रिया दिएका हुन् ।

गत मार्च महिनाबाट कोरोना विश्वभर महामारी भएसँगै ओलम्पिक प्रतियोगिताको मिति ठीक एक वर्ष पछि धकेलिएको हो । ओलम्पिक २०२१ को जुलाई २३ बाट गर्ने निर्णयसँगै एक वर्ष धकेलिएको थियो ।

विश्वभर महामारीको रूप लिएको कोरोनाका कारण लाखौं मानिसले ज्यान गुमाउँदा विश्वभरकै खेलकुद गतिविधि पनि प्रभावित भएका थिए । प्रभावित बनेका खेलकुद गतिविधि अहिलेसम्म उठ्न सकेका छैनन् । जर्मन बुन्डेसलिगा फुटबल सुचारु हुँदा अन्य प्रतिष्ठित प्रतियोगितामा भने सुचारु भएका छैनन् भने एक तरिकाले तयारी हुने खेलकुद गतिविधि पनि ठप्प छन् ।

‘स्पष्ट रूपमा भन्नुपर्दा जापानले ठूलो लागानीमा तयारी तीव्र बनाइरहेको छ । अन्योल हुँदाहुँदै पनि काम भइरहेको छ,’ अन्तर्राष्ट्रिय ओलम्पिकका प्रमुख बाचले भने, ‘कोरोना नियन्त्रण नआए ओलम्पिक हुन कठिन भएको अवस्थामा पनि जापानले तयारी गरिरहेको छ । एक वर्ष पछि धकेलिएको ओलम्पिक खेल अन्तिम अवसर हो ।’

यस्तै बाचले पटकपटक अन्तर्राष्ट्रिय खेलकुद तालिका परिवर्तन गर्न नसकिने पनि प्रस्ट पारे ।

‘एकल विधाका खेलाडी अभ्यास र फर्किने सम्भावना नरहेको भन्दै अन्योलमा रहेका छन । सँगै हुने नहुने पनि निकै दुबिधा रहेको छ,’ प्रमुख बाचले थपे, ‘पटकपटक मिति सार्दा आगामी योजनासमेत प्रभावित हुन्छन् । सँगै आगामी संस्करणलाई पनि यसले असर पार्छ ।’

यस्तै आयोजक जापान पनि कुनै पनि हालतमा ओलम्पिक खेल गर्ने मनसायमा रहेको छ । कुनै पनि बहाना बाजीमा ओलम्पिक सम्पन्न गर्ने लक्ष्यका साथ जापानले तयारी गरिरहेको छ । तर ओलम्पिक प्रमुख बाचले भविष्य अनिश्चित रहेको सुझाउँदै आएका छन् । साथै उनले अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको निर्देशकको आधारमा आगामी योजना सार्वजनिक गरिने बताएका छन् ।

२०२१ का लागि सरेको ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजकलाई करिब ८ सय मिलियन अमेरिकी डलर सहयोग गरेको छ । पछिल्लो आर्थिक अनुमानअनुसार करिब १२.६ विलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिँदा आयोजक कमिटी र आयोजकले आपसमा मिलेर खर्च गर्ने सहमति भएको थियो ।

प्रकाशित: १० जेष्ठ २०७७ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App