coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्लब ब्रुग च्याम्पियन घोषित

कोरोनाको महामारीका कारण बेल्जियमको फुटबल लिग प्रो लिगले शुक्रबार शीर्ष स्थानको क्लब ब्रुगलाई च्याम्पियन घोषणा गरेको छ ।

वर्तमान महामारीका कारण प्रो लिगले बाँकी खेल स्थगित गर्दै क्लब बु्रगलाई प्रो लिगको उपाधि सुम्पिने र वासल्यान्ड बेभरेनलाई रेलिगेसन गर्ने निर्णय गरेको हो । गत मार्चमा खेल स्थगित भएपश्चात् कुल ११ खेल खेल्न बाँकी थियो । ब्रुगले दोस्रो स्थानको जेन्टसँग १५ अंकको अग्रता बनाएको थियो । जसको ब्रुगलाई प्रो लिगको १६औं उपाधि प्राप्त गर्न केही सहज पनि बन्यो । यसअघि युरोपियन फुटबलमा फ्रान्स, नेदरल्यान्ड र लक्जेम्बर्गले आफ्ना व्यावसायिक फुटबल लिगको यस सिजन रद्द गरिसकेका छन् । 

यता, बेल्जियमले पनि युरोपमा कोरोना महामारीका कारण गत अप्रिलमै शीर्ष स्थानको टोलीलाई उपाधि सुम्पिने जनाइसकेको थियो । त्यससँगै युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले पनि बेल्जियमले सिजन अन्त्य गर्न हतार गरेको प्रतिक्रिया दिएको थियो । साथै बेल्जियम क्लबलाई युरोपियन प्रतिस्पर्धाबाट वञ्चित गर्ने चेतावनी पनि दिएको थियो । 

तर, शुक्रबार बेल्जियम फुटबलले आफ्नो पूर्वघोषणालाई निर्णयमा बदल्यो । बेल्जियम सरकारले आगामी अगस्ट ३१ सम्म कुनै पनि किसिमको सभा सम्मेलनमा रोक लगाएको छ । जसको बेल्जियम फुटबललाई सिजन अन्त गर्न केही सहज पनि बन्यो । 

च्याम्पियन क्लब ब्रुगले आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछ भने जेन्टले पनि छनोट चरणको यात्रा तय गर्नेछ । त्यसै गरी चार्लेरोई, एन्टवेर्प र स्ट्यान्डर्ड लिगेले भने युरोपा लिगको यात्रा तय गर्नेछन् । बेल्यिजयमले लिग रद्द गरे पनि बेल्जियम कप भने सञ्चालन गर्नेछ । त्यहाँको फुटबल महासंघले अगस्टको पहिलो साता क्लब ब्रुग र एन्टवेर्पबीचको बेल्जियम कप फाइनल खेलाउने तयारी गरेको छ । 

वर्तमान महामारीका कारण प्रो लिगले बाँकी खेल स्थगित गर्दै क्लब बु्रगलाई प्रो लिगको उपाधि सुम्पिने र वासल्यान्ड बेभरेनलाई रेलिगेसन गर्ने निर्णय गरेको हो ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App