१६ चैत्र २०८० शुक्रबार
खेल

रहिमको ब्याट अफ्रिदीले किन्ने

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले बंगलादेशका ब्याट्सम्यान मुसफिकुर रहिमले लिलामका लागि राखेको ब्याट्स किन्ने प्रक्रिया अघि बढाएका छन् । 

कोरोना भाइरस महामारीको रूपमा विश्वभर फैलिएसँगै पीडामा परेकालाई सहयोग गर्न खोलिएको बोलपत्रमा पाकिस्तानी पूर्वकप्तान साहिदले यस्तो प्रतिक्रिया दिएका हुन् । मुसफिकर रहिमले २०१३ को टेस्ट खेलमा डेब्यु गर्ने क्रममा प्रयोग गरेको ब्याट लिलाममा राखेका थिए । उक्त टेस्ट खेल श्रीलंकाविरुद्ध भएको थियो । सो ब्याट यसै साता लिलामका लागि राखिएको बंगलादेशका विकेटकिपरसमेत रहेको रहिमले जनाएका हुन् । 

तर आयोजकले लिलाम सकिएको बताएको छ । रहिमले सुरुआती मूल्य ५० हजार अमेरिकी डलर भएको बताए । 

‘अफ्रिदीले व्यक्तिगत रूपमा मसँगै सम्पर्क राखेका छन् । मैले उनलाई मोलमोलाइको लिंक दिएको छु,’ बंगलादेशका ब्याट्सम्यान रहिमले भने, ‘१३ मेमा मलाई एक चिठी पठाएका छन् । अनि २० हजार अमेरिकी डलरको प्रस्ताव गरेका छन् । उनले लिने विश्वास लिएको छु ।’

लिलामपछि उठेको पैसाले कोरोना भाइरसका कारण पीडित बनेकाहरूलाई सहयोग गर्ने उनले बताए । 

रहिम बंगलादेशमा कोरोना भाइरस पीडितलाई सहयोग गर्न  ब्याट बेच्ने दोस्रा खेलाडी हुन् । यसअघि सकिब अल हसनले मोलमोलाइ गरी केही रकम संकलन गरेका थिए । 

प्रकाशित: ४ जेष्ठ २०७७ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App