coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भिल्लारियल र गेटाफेद्वारा मिलेमतो अस्वीकार

स्पेनिस मिडियाले लगाएको खेलमिलेमतोको आरोप  भिल्लारियल र गेटाफे क्लबले शुक्रबार अस्वीकार गरेका छन् । गत वर्ष ला लिगाअन्तर्गत २–२ को बराबरी नतिजा आत्मसात् गरेको उक्त खेलमा भिल्लारियल र गेटाफेले खेलमिलेमतो गरेको आरोप लागेको छ ।

उक्त खेलमा मिलेमतोको आरोप लागेपछि स्पेनिस प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । ‘हाम्रो क्लबले त्यस किसिमको गलत कार्य गरेको भन्ने आरोप पूर्णरूपमा सत्य छैन । गत सिजनको अन्तिम खेलमा गेटाफेविरुद्धको पूर्णरूपमा व्यावसायिक खेल खेलिएको थियो,’ भिल्लारियलको विज्ञप्तिमा उल्लेख गरिएको छ । भिल्लारियलले खेलभावनाविपरीत कुनै गतिविधि नभएको स्पष्ट पारेको छ । ‘खेलका लागि आवश्यक पर्ने पारदर्शिता, मौलिकता र निष्पक्षता सबै त्यस खेलका बीच भएको छ । हामीले कुनै पनि खेल भावनाविपरीतको गतिविधि गरेका छैनौं,’ भिल्लारियलले जोड दिएको छ । 

गेटाफेले पनि विज्ञप्ति जारी गर्दै खेलमिलोमतोको भएको भन्ने आरोपप्रति खण्डन गरेको छ । ‘हामी यस प्रकारको आचरणमा सहभागी भएका छैनौं र हुने पनि छैनौं । त्यस आरोप स्पष्ट रूपमा अस्वीकार गर्न चाहन्छौं,’ गेटाफेले भनेको छ । स्पेनिस मिडियाले उक्त फिक्सिङलाई ओइकोस नाम दिएको आरोप लगाएपछि अनुसन्धान सुरु भएको थियो । उक्त खेलमा फिक्सिङ आरोपसहित ११ जनालाई स्पेनिस प्रहरीले पक्राउ गरिसकेको छ । ला लिगाले पनि आइकोस नामबाट केही घटना भएको पुष्टि गरिसकेको छ ।

तर यस घटनाको सफलतानजिक नपुगेसम्म कुनै पनि विवरण सार्वजनिक नगर्ने ला लिगाले जनाइसकेको छ । यस घटनालाई हुयस्का सहरको अदालतले पनि अनुसन्धान गरिरहेको छ । भ्यालेसियालाई पछि पार्दै च्याम्पियन्स लिग खेल्न गेटाफेले भिल्लारियललाई हराउनुपर्ने थियो, उक्त खेल २–२ को बराबरी भयो । 

सोही दिन भ्यालेन्सियाले पनि रियाल भालाडोलिडलाई २–० ले हराएपछि गेटाफेको च्याम्पियन्स लिग खेल्ने सपना पूरा हुन सकेन । तर पनि भिल्लारियल र गेटाफेबीचको खेलमा मिलोमतो आरोप लाग्यो । सन् २०१३ र २०१४ मा स्पेनिस फुटबलमा म्याच फिक्सिङको आरोपमा ओसासुनाका पूर्व पाँच डाइरेक्टर र रियाल बेटिसका दुई पूर्वखेलाडीलाई गत महिना मात्र जेल सजाय भएको थियो । 

प्रकाशित: ४ जेष्ठ २०७७ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App