१६ चैत्र २०८० शुक्रबार
खेल

नीति तथा कार्यक्रम : खेलकुद पुर्वाधारमा निरन्तरता, नवौं राष्ट्रिय खेलकुद यो वर्ष हुनेमा अन्यौल

मुस्ताङको मुक्तिक्षेत्रमा हाईअल्च्यिुड ट्रेनिङ सेन्टर बनाउन गण्डकी प्रदेशको एक करोड बजेट

प्रत्येक दुई/दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सरकारको नीति छ । त्यही नीति अनुसार यही साल फागुनमा गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वाञ्चलमा आयोजना गरियो । त्यसको दुईवर्षपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाँके(नेपालगन्ज)मा आयोजना गरिएको थियो । नेपालगन्ज रंगशालाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारीसहित गण्डकी प्रदेशले झण्डा बोकेर जिम्मेवारी लियो ।  

सरकारले २०७७÷०७८ नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरिन् । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा ठोस केही उल्लेख गरिएन् । यसले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा आशंका गरिएको छ ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्दै ऐतिहासिक ५१ स्वर्ण पदक जितेको थियो । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा खेलाडीको क्षमता विकासमा सरकारले गर्ने उल्लेख गरिएको छ ।  

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अघि पोखरा रंगशाला भम्रणमा आएका अर्थमन्त्री युवराज खतिवडाले खेलकुद नेपालीको मौलिक हकभित्र नपर्ने बताउँदै लागनी जोखिमपूर्ण रहेको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्ति अनुसार खेलकुद क्षेत्रलाई कम प्राथमिकतामा राखिएको अनुमान गरिएको छ ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने दुविधा उत्पन्न हुदाँ पूर्वाधार निर्माणलाई भने प्राथमिकतामा राखिएको छ  । पोखरा रंगशालाभित्र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि केही पूर्वाधार तयार गर्नुपर्ने खाँचो छ । स्वीमिङ पुल तथा सुटिङ रेञ्ज निर्माण अत्यावश्यक छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय प्रादेशिक तथा राष्ट्रियस्तरका सुविधा सम्पन्न खेलकुद पूर्वाधार निर्माण गर्ने योजना रहेको उल्लेख गरिएको छ । विशेष गरी हाई अल्टिच्युड खेल मैदान निर्माणलाई अघि बढाउने योजना सरकारको छ ।  

हाईअल्टिच्युड खेल मैदानको लागि मुस्ताङको बारागुँ मुक्तिक्षेत्रमा निर्माण गर्ने अध्ययनसहित प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले मुक्तिक्षेत्रमा हाईअल्टिच्युट खेल मैदान निर्माण गर्न एक करोड रुपैयाँ बजेट विनियोजन समेृत गरेको छ । ‘बारागुँको मुक्तिक्षेत्रलाई हाई अल्टिच्युड खेल मैदान बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले भने ।

संघीय सरकारकै झण्डै डेढ करोड रुपैयाँको लागतमा मनाङको तिमाङमा फुटबल मैदानसहितको पूर्वाधार तयार बनाएको छ । मुस्ताङकै मुक्तिक्षेत्रमा वर्षेनी राष्ट्रियस्तरको स्केट प्रतियोगिता आयोजना हुदैं आएको छ । संघीय सरकारले बागलुङको ढोरपाटन उपत्यकामा समेत हाईअल्टिच्युड मैदान बनाउन ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो । विनियोजन रकमबाट आवश्यक सर्भे समेत गरिएको थियो । यद्यपी शिकार आरक्षण भएकै कारण खेल मैदान निर्मााण असम्भव हुन पुगेको श्रेष्ठले बताए ।  

युवा तथा खेलकुद मन्त्रालयको बजेटबाट पोखरा–१९ लामाचौर गोस्तेघाट खेलमैदान(एक करोड), पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदान(एक करोड), पोखरा–१९ घार्मीस्थित ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्ड हल(एक करोड), घान्द्रुक मेश्रम बराहमावि खेल मैदान(५० लाख), अन्नपूर्ण गाँउपालिका माछापुच्छ्रे माविको खेलमैदान (५० लाख), पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सिट राख्न टेण्डर आह्वान गरिएको छ । 

प्रकाशित: २ जेष्ठ २०७७ २१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App