coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रनआउट तस्बिरमार्फत अश्विनको सन्देश

नयाँ दिल्ली– भारतका स्पिनर रविचन्द्रन अस्विनले कोरोना संक्रमणको क्रास बढेसँगै सबैलाई सरकारले बुधबारबाट लागु गरेको लकडाउन दौरान घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

भारतमा बुधबारबाट लागु हुने गरी तीन साताको लकडाउन लागु भएको छ । अस्विनले एक वर्षअघि आइपिएलमा इङ्ल्यान्डका जस बट्लरलाई पवेलियनको बाटो देखाएको तस्बिर ट्वीटरमा सार्वजनिक गर्दै सांकेतिक रूपमा सबैलाई आफ्नो घरभित्रै बस्न आग्रह गरेका हुन् । अस्विन बलिङका क्रममा रहँदा बटलरले क्रिज छोडेका थिए । लगत्तै अस्विनले उनलार्ई रनआउट गर्दै पवेलियनको बाटो देखाएका थिए । त्यससँगै बटलरले त्यो खेल गुमाउनुपरेको थियो ।

‘हाहाहा, मलाई सबैले यो तस्बिर पठाएर भने यो रनआउट भएको आज एक वर्ष पूरा भयो,’अस्विनले ट्वीट गरेका छन् । अस्विनले आफ्नो ट्वीटर ह्यान्डलसमेत ‘लेट्स स्टे इन्डोर्स इन्डिया’ भन्दै परिवर्तन गरेका छन् । ‘भारत लकडाउनमा प्रवेश गरेको छ । सम्पूर्णमा सुरक्षित रहन आग्रह म गर्न चाहान्छु । बाहिर नघुमउ । भित्रै बसाैं र सुरक्षित रहौं,’अस्विनले ट्वीट गरेका छन् । भारतमा पनि कोभिड १९ को संक्रमण बढिहेको छ ।

त्यसैले भारत सरकारले २१ दिनको लकडाउन लागु गरेको हो र त्यसको उल्लंघन गरे दुई वर्ष जेल सजाय र जरिवाना हुने बताएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कारण विश्वका एक पछि अर्को खेलकुद प्रतियोगिताहरू रद्द भएसँगै यस सिजनको आइपिएल पनि रद्द भइसकेको छ । मंगलबार मात्र जापानका प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी)का अध्यक्ष थोमस बाच टोकियो ओलम्पिक २०२० एक वर्ष सार्न सहमत भएका थिए ।

त्यस्तै भारतीय कप्तान विराट कोहोलीले पनि ट्वीटरमार्पmत सबैलाई लकडाउन पालना गर्न आग्रह गरेका छन् । ‘यो वास्तविक परीक्षणको समय हो र हामीले गम्भीर हुन आवश्यक छ,’कोहोलीले ट्वीट गरेका छन्, ‘जे भनेको छ, त्यो मानौं । यो सबैलाई हाम्रो हृदय देखिको आग्रह हो ।’ एएफपी
 

प्रकाशित: १३ चैत्र २०७६ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App