coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

माल्दिनी निको हुन एक हप्ता लाग्ने

मिलान– कोरोना भाइरस संक्रमित इटालीका पूर्वकप्तान पाउलो माल्दिनीले एक साताभित्र निको हुने बताएका छन् । एसी मिलानका टेक्निकल निर्देशक ५१ वर्षे माल्दिनीसँगै उनका छोरा ड्यानियल अहिले घरमै आइसोलेसनमा छन् । युवा टोलीका खेलाडीसमेत रहेका ड्यानियल दुई साताका लागि घरमै रहनेछन् । त्यहाँको स्वास्थ्य निकायले उनीहरूलाई शनिबार कोरोनाको संक्रमण भएको घोषणा गरेको थियो । यस्तै निकायले पूर्णरूपमा निको नहुने समय सम्मका लागि घर बाहिर ननिस्कनसमेत निर्देशन दिएको छ ।

‘यसै भिडियो सन्देशमार्पmत म सबै शुभ चिन्तकप्रति आभारी छु । यस्तै सामाजिक सञ्जालमार्फत स्वास्थ लाभको कामना गर्ने सबैलाई धन्यवाद दिन चाहँन्छु,’ एसी मिलानका टेक्निकल निर्देशक माल्दिनीले बताएका छन् । ‘अहिले हामी सामान्य अवस्थामा छौं । हामी यसै साता संक्रमण मुक्त हुनेमा विश्वस्त छौं । शुभ चिन्तकले दर्शाएको मायाप्रति आभारी छौं,’ माल्दिनीले थपे, ‘स्वास्थ सेवामा खटिने डाक्टर, नर्स साथ कामदारहरूलाई धन्यवाद दिन चाहँन्छु ।’

इटालीका माल्दिनी उनको समयका चर्चित र राम्रा रक्षक हुन् । एसी मिलानबाट व्यावसायिक फुटबल खेलेका माल्दिनीले पाँचपटक च्याम्पियन्स लिगको उपाधिसमेत उचालेका छन् । चीनको वुहान क्षेत्रबाट महामारीको रूपमा पैmलिएको कोरोना भाइरसका कारण अहिले विश्वका अधिकांश खेलकुद क्षेत्र स्थगित छ ।

यस्तै प्रतिष्ठित प्रतियोगितामा पनि कोरोनाको असर देखिएको छ । अहिले इटाली कोरोनका कारण निकै ग्रसित रहेको छ । त्यसै कारण अहिले इटालीको सरकार र खेलकुद निकायले अप्रिल ३ तारिखसम्मका लागि सबैखाले खेलकुद गतिविधि स्थगित गरेको छ । अहिले इटालीमा ६ हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । एएफपी

 

प्रकाशित: १३ चैत्र २०७६ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App