coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

युरोपा र च्याम्पियन्स लिगको फाइनल सार्ने

नियोन– युइएफएले मे महिनाका लागि निर्धारित च्याम्पियन्स लिग, युरोपा लिग र वुमेन्स च्याम्पियन्स लिगको फाइनल सार्ने सोमबार जनाएको छ ।  

युइएफएले यसअघि नै अर्कोे सूचना जारी नभएसम्मका लागि सम्पूर्ण खेलतालिका रद्द गरिसकेको छ । साथै युइएफएले अहिले नै प्रतियोगिताको नयाँ मितिका बारेमा केही नसोचेको पनि उल्लेख छ । गत साता युइएफएका अध्यक्ष एलेक्सजान्डर सिफ्रिनीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताका बारेमा विभिन्न विकल्पको बारेमा छलफल गरे पनि त्यसको अन्तिम निर्णय भने गरेको छैन,’युइएफएले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हामी सम्भावित मितिका बारेमा सोचिरहेका छौं । अबको केही दिनमा यसबारे आधिकारिक धारणा आउनेछ ।’

यस सिजनको च्याम्पियन्स लिगमा पुरुषतर्पmको फाइनल मे ३० मा टर्कीको इस्तानबुल अर्टाटुक रंगशालामा खेलाइने तय भएको थियो । युरोपा लिगको फाइनल भने मे २७ मा पोल्यान्डमा हुने पूर्वनिर्धारित खेल तालिका थियो । यता महिला तर्पmको च्याम्पियन्स लिग भने मे २४ मा भियानामा हुने तय थियो । मार्च १७ र १८ मा सुरु हुने बताइएको च्याम्पियन्स लिगको अन्तिम १६ का चार खेल यसअघि नै रद्द भएका थिए । त्यस्तै युरोपा लिगको अन्तिम १६ का खेलहरू पनि रद्द भएका छन् ।

इङ्लिस प्रिमियर लिग, स्पेनिस लालिगा, इटालियन सिरी ‘ए’ बुन्डेसलिगा र फ्रेन्च लिग वानका खेल पनि हाल सञ्चालनमा छैनन् । युरो कप २०२० पनि अर्को वर्ष सम्मका लागि सरिसकेको छ । अहिलेसम्म एट्लेटिको मड्रिड, पेरिस सेन्ट जर्मन, अट्लान्टा र आरबी लिपजिगले मात्र च्याम्पियन्स लिगको अन्तिम ८ मा स्थान बनाएका छन् । च्याम्पियन्स लिग पूरा हुन नसकेमा युइएफए गम्भीर आर्थिक संकटमा पर्ने अनुमान गरिएको छ । एएफपी

 

प्रकाशित: १२ चैत्र २०७६ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App