coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आर्सनलका प्रशिक्षक संक्रमण मुक्त

मड्रिड– इङ्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले आफू कोरोना भाइरसको संक्रमण मुक्त भएको बताएका छन् ।प्रिमियर लिगमा आर्टेटा पहिलो पटक कोरोना भाइरस संक्रमित प्रशिक्षक हुन् । उनलाई गत मार्च १२ तारिख कोरोना संक्रमण पुष्टी भएको थियो । गत फेब्रुअरीमा युरोपा लिगअन्तर्गत ओलम्पियाकोससँगको खेलका क्रममा प्रशिक्षक आर्टेटालाई संक्रमण देखिएको थियो ।

‘सामान्य अवस्थामा फर्किन मलाई तीन देखि चार दिन लाग्यो,’ आर्सनलका प्रशिक्षक ओर्टटाले भने, ‘अहिले कुनै पनि लक्षण देखिएको छैन । आत्मबल पनि बढ्न थालेको छ ।’ स्पेनको एक टेलिभिजनमा कुराकानी गर्दै आर्सनलका प्रशिक्षक आर्टेटाले आफू निको भएको सञ्चारमाध्यमसँग उल्लेख गरेका छन् । आर्सनलका खेलाडी आइसोलेसनमा बसेको मंगलबार १४ दिन पुगेसँगै अभ्यासमा फर्किने तालिका रहे पनि हाललाई अभ्यास रोकिएको छ ।

‘कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै हाललाई अभ्यास अनिश्चितकालका लागि स्थगित गरिएको छ । यस्तो अवस्था हुँदाहुँदै खेलाडीलाई अभ्यासमा फर्काउनु जवाफदेही हुँदैन,’ आर्सनलले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । यस्तै क्लबले पुरुष पहिलो टिम, महिला र एकेडेमीका सम्पूर्ण गतिविधि स्थगित गरेको जनाएको छ । साथै सबैलाई घरमै उचित वातावरणमा बस्न निर्देशन दिएकोे छ ।

आर्सनलका अधिकांस खेलाडी हाल अहिले घरभित्रै आपैmँ आइसोलेसनमा रहेका छन् । गत ११ मार्चमा म्यानचेस्टर सिटीको रंगशाला इतिहादमा पुगेका आर्सनलका खेलाडी इभानग्लोस मारिनाकिसमा कोरोना भाइरसको पोजेटिभ संकेत देखिएपछि आर्सनलले सम्पूर्ण गतिविधि स्थगित गरेको थियो ।

प्रकाशित: १२ चैत्र २०७६ ०५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App