coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मूलपानी क्रिकेट मैदान, अझै समाधान भएन जग्गा विवाद

काठमाडौं - निर्माणाधीन मूलपानी क्रिकेट मैदानको पर्खाल लगाउने काम हेर्दै ठूली तिमल्सिना टोलाइरहेकी थिइन्। उनी भन्दै थिइन्, ‘हामी बसेको आसपास केही स्थानमा मात्र पर्खाल लगाउन बाँकी छ।’ मैदानको बाहिरी भागमा पर्खाल निर्माण कार्य सकिँदै गर्दा ठूलीलाई भने एउटै चिन्ताले सताइरहेको छ। आफू बसिरहेको घर कुनै दिन स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले खाली गराउन आउनेछन्। यसका लागि पटकपटक ताकेता भने भैसकेको छ।

‘हामीलाई जग्गा त दियो, तर कागजमा मात्र। तिमीहरूको जग्गा यो हो भनेर भनिदिए, हामी मैदानको योजनाभित्र पर्ने जग्गा बसिहँरदैनथ्यौं,’ ठूलीले मन बहकाउँदै भनिन्, ‘हामीलाई यो घर सर्न कुनै आपत्ति छैन। यहाँ हाम्रो पाँच आनाको जग्गा छ। हामीले बडो दुःख गरेर यहाँ जग्गा किन्यौं र घर बनायौं। हामीलाई जग्गा किनाउनेले झुक्याएर मैदानको योजनाभित्र पर्ने जग्गा खरिद गर्न लगाए।’

ठूलीले सरकारले आफूहरुलाई दिएको जग्गामा अरु नै कोही अस्थायी टहरा हालेर बसेकाले उक्त जग्गामा जान नसककेको सुनाइन्। २०७५ भदौ २० को मन्त्रिपरिषद् बैठकले निर्माणाधीन मूलपानी क्रिकेटको तल्लो मैदानमा कायम मुआब्जा विवाद समाधान भएको घोषणा ग¥यो। यसपछि भने धेरैले मैदानको निर्माणकार्यले तीव्रता पाउने अपेक्षा गरेका थिए। तर बिडम्बना यस्तो भयो, मुआब्जा विवादको गाँठो अहिलेसम्म फुकेन।

त्यति बेला मैदानमा कुल १६ परिवार रहेको र उनीहरुलाई अन्यत्र स्थानान्तरण गरिने बताइएको थियो। तर १४ परिवार अन्यत्र सारिए पनि अझै दुई परिवार सोही ठाउँमा बसोबास गर्दै आएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार मैदानमा रहेका घरधनी तथा जग्गावालाहरूलाई २०७५ पुस २ गते सट्टा जग्गाको लालपुर्जा दिइएको थियो।

‘हामी पनि घरैअगाडि अन्तर्र्रािष्ट्रय स्तरको क्रिकेट मैदान निर्माण हुँदा खुसी छाैं तर सरकारले हाम्रो समस्याको पनि समाधान गर्दियोस्’ फूलमाया तामाङले भनिन् ‘तर सरकारले हामीलाई मुआब्जारूस्वरूप दिएको जग्गामा सुकुम्बासी टहरा हालेर बसेका छन्। सरकारले उनीहरूलाई हटाएर हाम्रो बसोबासको व्यवस्था गरिदिएमा हामी सहजै यो स्थान छोड्न तयार छाैं।’

‘१६ परिवारको जग्गा मैदानको योजनाभित्र परेको हो, त्यसमध्ये १४ परिवारलाई उचित क्षतपूर्तिसहित अन्यत्र स्थानान्तरण गरिएको छ,’ राष्ट्रिय खेलकुद परिषद्बाट मैदान निर्माणको संयोजकको जिम्मेबारी पाएका राधाकृष्ण विष्टले भने, ‘अझै दुई परिवारको समस्या सल्ट्याउन बाँकी छ। त्यो पनि छिट्टै पूरा हुन्छ।’ युवराज लामा राखेपको सदस्यसचिव हुँदा नै १६ मध्ये १४ परिवारलाई नगद दुई लाख रुपैयाँ क्षतपूर्तिसहित सारिएको हो।

तर अहिले समस्या कहाँ आयो भने जसलाई दुई लाख क्षतिपूर्ति दिइयो, उनीहरुले केही समयका लागि मैदान बाहिरपट्टि मुआब्जाका लागि छुट्याइएको जग्गामा अस्थायी रुपमा बस्ने र केही समयपछि हट्ने बताएका थिए। उनीहरु अहिले भने जग्गा खाली गर्न आनाकानी गरिरहेका छन्। हामीले जुन दुई परिवारका लागि मुआब्जा दियांै, त्यही जग्गामा अन्य केही परिवार अस्थायी टहरो हालेर बसेकाले पनि केही समस्या आएको हो। अहिले छलफल जारी छ। छिट्टै यो समस्या समाधान हुन्छ।                                                                

 

प्रकाशित: ११ चैत्र २०७६ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App