१५ चैत्र २०८० बिहीबार
खेल

अस्थायी क्वारेन्टाइनका लागि एन्फाको प्रस्ताव

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न आफ्ना भवनहरू अस्थायी क्वारेन्टाइन बनाउन दिने भएको छ। आइतबार एन्फाले विज्ञप्ति जारी गर्दै आवश्यक परेमा आफ्ना भौतिक संरचना अस्थायी क्वारेन्टाइन र आइसोलेसनका लागि प्रदान गर्ने जनाएको छ। एन्फाका प्रवक्ता किरण राईद्वारा जारी विज्ञप्तिमा चार जिल्लामा रहेका भौतिक संरचना महामारीका रूपमा पैmलिरहेको कोराना भाइरस (कोभिड १९) बच्न प्रयोग गर्न दिने उल्लेख गरिएको छ।

एन्फाका अनुसार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको होस्टल, बुटवल, धरानमा रहेको फुटबल एकेडेमीको होस्टल र रौतहतको निर्माणाधीन महिला फुटबल एकेडेमीलाई क्वारेन्टाइन र आइसोलेसनका लागि प्रयोग गरिनेछ। एन्फाले सरकार, प्रदेश सरकार वा स्थानीय निकायलाई आवश्यक परेमा आफ्ना संरचना अस्थायी क्वारेन्टाइन र आइसुलेनका लागि प्रयोग गर्न सक्ने उल्लेख गरेको छ।

साथै एन्फाले महामारी नेपालमा फैलिन नदिन सबै संघसंस्थालाई एकजुट भएर सहयोग गर्न समेत आह्वान गरेको छ। त्यस्तै एन्फाले सरकार र विश्व स्वास्थ्य संगठनले संक्रमणबाट बच्न आधारभूत नियम पालना गर्न समेत आग्रह गरेको छ। एन्फाले कोरानो भाइरसका कारण आफ्ना सबै गतिविधिसमेत स्थगित गरिसकेको छ।

प्रकाशित: १० चैत्र २०७६ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App