coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘अहिल्यै मिति सार्नु हतासको निर्णय’

सेबास्टियन कोए

पेरिस – विश्व एथ्लेटिक्सका प्रमुख सेबास्टियन कोएले कोरोना भाइरसका कारण टोकियो ओलम्पिक २०२० केही महिना पछि धकेलिने सम्भावना रहे पनि अहिलेबाटै प्रतियोगिताको मिति सार्नुे निकै हतासको निर्णय हुने बताएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को मंगलबार बसेको बैठकले विश्वभर कोरोना संक्रमणको त्रास बढिरहँदा टोकियो ओलम्पिक २०२० पूर्वनिर्धारित जुलाई २४ बाटै सुरु हुने बताएको थियो। आइओसीको यो निर्णयसँगै केही खेलाडीले आफ्नो स्वास्थ्यलाई खतरामा राखेको भन्दै त्यसको विरोध गरेका थिए। ‘हामीसँग ओलम्पिकका लागि अझै ४ महिना बाँकी छ। त्यसैले अहिले नै कुनै निर्णय बनाउनु उचित हुनेछैन,’ कोएले भने, ‘म अहिले प्रतियोगिता सर्छ वा सर्देैन भन्न सक्दिनँ, जे पनि हुन सक्छ। हामीले सचेत बन्ने हो। अहिले नै त्रासका कारण प्रतियोगिता सार्नु हुन्न।’

‘अहिले विश्वभर एकपछि अर्को खेलकुद गतिविधि बन्द भइरहेका छन्। तर ओलम्पिक त्यस्तो खेल होइन, जुन रातारात निर्णय गर्दै सार्नुपर्ने,’ कोएले थपे, ‘हामीसँग समय बाँकी छ। हामी पर्ख र हेरको रणनीतिमा छौं।’

विश्वभर कोरोना भाइरसको त्रास बढिरहेको अवस्थामा खेलाडीहरूले पनि आफ्नो स्वास्थ्यबारेमा सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाइरहँदा आइओसीले भने टोकियो ओलम्पिक सार्ने कुनेै योजना नभएको दोहोर्‍याएको थियो। मंगलबार आइओसीको बैठक बस्नुभन्दा अघि बसेको युइएफएको बैठकले भने २०२० को युरोपियन च्याम्पियनसिप २०२१ सम्मका लागि सारेको थियो।

अहिलेसम्म ओलम्पिकमा ५७ प्रतिशत खेलाडीले मात्र अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन्। विश्वभर एकपछि अर्को खेलकुद गतिविधिमाथि रोक लागेसँगै ओलम्पिक छनोट पनि रोकिएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App