७ वैशाख २०८१ शुक्रबार
खेल

मनाङ आहा राराको फाइनलमा

मनाङका खेलाडीविरुद्ध बल होल्ड गर्दै आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ। तस्बिर : नागरिक

पोखरा - त्रिभुवन आर्मी क्लबको पोखरा मैदानमा उपाधि उचाल्ने सपना सेमिफाइनलमै टुटेको छ। पोखरा रंगशालामा आयोजित आहा राराको १८औं संस्करणको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दिसँग पराजित भएपछि आर्मीको यस मैदानमा उपाधि जित्ने सपना यस पटक पनि अधुरै रह्यो।

मनाङले यस प्रतियोगितामा दशौं पटक फाइनल प्रवेश गर्ने क्रममा बिहीबार पोखरा रंगशालामा आर्मीको चुनौती ३–२ गोलले पन्छायो। मोफसलको राइनो कप उचालेको आर्मी पोखरामा भने यसपटक पनि असफल भयो। चार वर्षअघि पनि आर्मी फाइनलमा मनाङसँगै पराजित भएको थियो। धरान गोल्डकप उचालेर पोखरा आइपुगेको मनाङ फाइनल प्रवेश गर्दै छैटौं उपाधि जित्ने लक्ष्यमा छ। अब उपाधिको लागि मनाङले पुरानै प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग शनिबार खेल्नेछ। खेलको तेस्रो मिनेटमै विदेशी खेलाडी फ्लोरेन्टको गोलसँगै मनाङले अग्रता लिएको थियो। २८औं मिनेटमा अञ्जन बिष्टको पासलाई सदुपयोग गर्दै विमलले मनाङको अग्रता दोब्बर पारे। पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा कप्तान भरत खवासले बललाई जाली चुमाउदाँ आर्मीले खेलमा फर्कने संकेत गरेको थियो।

यद्यपि, ८२औं मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको अग्रता ३–१ मा पुर्‍याए। त्यसको एक मिनेटपछि नै दीप लामाले गोल गरेपछि आर्मीले गोलअन्तर ३–२ ले छोट्याए पर्याप्त भएन। हाम्रो आज डिफेन्समा समस्या देखियो। डिफेन्स ब्यालेन्स नहुँदा गोल बहोर्‍यौं,’आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने,‘पहिलो गोलले प्रेसर थपियो।’ उनले मिडफिल्डमा सन्तोष तामाङ डिपमा खेल्दा मिडफिल्डमा मेनपावर अपुग भएको स्पष्ट पारे। ‘उनीहरूको टाइट मार्किङलाई हामीले भत्काउन सकेनौं,’न्यौपाने भने,‘भाइटल गेममा पाएका अवसर गुमाउँदा हार्नुपर्‍यो। कमब्याक गर्ने कोशिष गर्‍यौं।’ मनाङका प्रशिक्षक टोपे फुजाले भने,‘जितले खुशी दिएको छ। आर्मी हाइली रेस्पेक्ट टिम हो। म्याच निकै प्रतिस्पर्धात्मक भयो।’ मनाङ मर्स्याङ्दिका विदेशी खेलाडी फ्लोरेन्ट म्यान अफ दी म्याच घोषित भए।

मनाङले यस प्रतियोगितामा दशौं पटक फाइनल प्रवेश गर्ने क्रममा बिहीबार पोखरा रंगशालामा आर्मीको चुनौती ३–२ गोलले पन्छायो।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App