coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

फाइल तस्बिर

काठमाडौं - नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३  रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो।

हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। यस्तै कुशल मल्लले १९ रन जोड्दा आरिफ शेखले १० रन बनाए।

हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए। यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। यो हारसँगै हङकङसँग हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट खेल्ने नेपालको लक्ष्य कठिन मोडमा पुगेको छ।

हिजो नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन्। रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

प्रकाशित: १८ फाल्गुन २०७६ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App