१६ चैत्र २०८० शुक्रबार
खेल

फ्रेन्ड्सविरुद्ध जुमानुको ह्याट्रिक

ह्याट्रिक गरेपछि सहकर्मीसँग पुलिसका जुमानु राई (बायाँबाट दोस्रो) । तस्बिर सौजन्य :एन्फा

काठमाडौ – स्ट्राइकर जुमानु राईले फ्रेन्ड्स क्लबविरुद्ध बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ह्याट्रिक गर्दै पुलिसका लागि जित निकाल्दा संकटाले रेलिगेसन क्षेत्रमा परिसकेको सरस्वती युथ क्लबमाथि ६–२ को फराकिलो विजय हासिल गरेको छ।

बिहीबारै सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली एपिएफ र ब्रिगेड ब्वाइज (बिबिसी) ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा तीन गोल गरेको हो। हेमन्त श्रेष्ठको स्थानमा  वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका  जुमानुले ह्याट्रिक पूरा गरेपछि पुलिसले लिगको अन्तिम खेलमा सुखद नतिजा निकालेको हो। जुमानु यससँगै जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भएका छन्। यसअघि थ्री स्टारका सन्जोग राईले सरस्वती युथ क्लबविरुद्ध ४–० को जित निकाल्दा ह्याट्रिक पूरा गरेका थिए।

दोस्रो हाफमा मैदान प्रवेश गरेका जुमानुले ४९औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। ५६औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको अग्रता २–० मा पु¥याए। त्यसपछि खेलको ८५औं मिनेटमा जुमानुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा पुलिसको ३–० को स्पष्ट जित निश्चित भएको थियो। यस्तै पुलिसले लिगको शीर्ष ६ स्थान पक्का पनि गरेको छ। लिगमा शीर्ष ६ पक्का गरेसँगै पुलिसले अब राष्ट्रिय लिग खेल्ने निश्चित भएको छ। पुलिसले १३ खेलपछि २० अंक जोड्दै तालिकाको पाँचौं स्थान सुरक्षित गरेको हो। फ्रेन्ड्स भने १३ खेलमा १४ अंक जोडेर दशौँ स्थानमा रह्यो।

यस्तै लिगअन्तर्गत बिहीबारै सम्पन्न अर्को खेलमा विभागीय टोली एपिएफ र ब्रिगेड ब्वाइजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि रहेको एपिएफले ४४औं मिनेटमा आशिष लामाले गरेको गोलबाट लिएको अग्रतालाई अन्तिम मिनेट कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो। बिहीबार एपिएफका लागि गोल गरेका आशिष लामा जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन्। उनले ९ गोल पूरा गरेका छन्। पहिलो हाफमा सुम्पिएको अग्रतालाई बिबिसीले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै अंक खोस्न सफल भएको थियो। बिबिसीका लागि विजय गुरुङले बराबरी गोल फर्काउँदै अंक दिलाएका थिए। बराबरीपछि एपिएफले १३ खेलमा लिग टुङ्ग्याउँदा तालिकामा ९ अंक जोड्न सफल भयो। एपिएफ १२औं स्थानमा अटाउँदा बिबिसी १३औं स्थानमा रह्यो। बिबिसीले पनि समान खेलबाट समान ९ अंक जोड्दा रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि भएको हो।

लिगअन्तर्गत बिहीबारकै खेलमा संकटाले घटुवा भइसकेको सरस्वतीमाथि ६–२ को जित निकाले पनि एक अंक अपुग हुँदा शीर्ष ६ भित्र अटाउन सकेन्। १९ अंक भएको जावलाखेल युथ क्लबभन्दा एक अंक तल रहँदै लिगको अन्त्य गर्दा संकटाको शीर्ष छ संकटमा परेको हो। एन्फा कम्प्लेक्समा संकटालाई जित दिलाउन मेसौकेले दुई गोल गर्दा सुवास गुरुङ, टीकाराज गुरुङ र रोशन पहाडीले समान एक गोल गरे भने एक गोल उपहार पायो। सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काउँदा सरस्वतीका पूर्णबहादुर श्रेष्ठले आत्मघाती गोल गर्न पुगेका थिए। जारी लिगकै सर्वाधिक धेरै गोल निस्किएको खेलमा संकटले पहिलो हाफमा तीन गोल गरेको थियो दोस्रो हाफमा ३  गोल गर्न सफल भएको थियो।

एकतर्फी जस्तो देखिएको खेलमा संकटाले पाँचाैँ मिनेटमा नै मेसौकेको गोलबाट अग्रता बुनेको थियो। ३३औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पार्दा त्यसको चार मिनेटपछि ३७औं मिनेटमा सुवास गुरुङले गोल गर्दै संकटलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा दुवै टोलीबाट थप पाँच गोल निस्कियो। खेलको ५६औं मिनेटमा टीकाले गोल गर्दै संकटालाई ४–० को अग्रता दिलाए। ६५औं मिनेटमा सरस्वतीका पूर्णबहादुर श्रेष्ठले आत्मघाती गोल गर्दा संकटाको अग्रता ५–० को बन्यो। खेलको ६६औं मिनेटमा सरस्वतीका बुसारीले गोल गर्दै अग्रता ५–१ मा छोट्याए। ७९औं मिनेटमा बुसारीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा खेल ५–२ स्थितिमा पु¥याए। तर, खेलको ८३औं मिनेटमा रोशन पहाडीले गोल गर्दै संकटालाई ६–२ को फराकिलो जित निश्चित गरे।

संकटाले अन्तिम खेलमा जित निकाल्दै लिग समापन गर्दा सरस्वतीले भने हारबाट शीर्ष डिभिजन गुमायो। ‘बी’ डिभिजनमा झरेको सरस्वतीले  १३ खेलमा मात्र ४ अंक जोड्न सक्यो। लिगमा शुक्रबार पनि तीन खेल हुनेछन्। दिनको पहिलो खेल हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) बीच हुनेछ भने दोस्रो खेल थ्री स्टार र च्यासल युथ क्लब तथा तेस्रो खेल जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ। सबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन्।

लिगमा आजका खेल (एन्फा कम्प्लेक्स)
हिमालयन शेर्पाविरुद्ध न्युरोड टिम (एनआरटी)    ८ः४५ बजे
थ्री स्टारविरुद्ध च्यासल युथ क्लब    १२ः१५ बजे
जावलाखेल युथ क्लबविरुद्ध मनाङ मर्स्याङ्दी क्लब    १५ः३० बजे

प्रकाशित: २ फाल्गुन २०७६ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App