७ वैशाख २०८१ शुक्रबार
खेल

हाफम्याराथुनको उपाधि आर्मीका नरेन्द्रलाई

पाल्पा- विजय दौड प्रतियोगितामा भएको हाफम्याराथुनको उपाधि नेपाल आर्मीका नरेन्द्र सिंह रावलले प्राप्त गरेका छन्। उनले नगद ५० हजार रुपैयाँको उपाधि हात पारेका हुन्। गणेशदल गण, काठमाडौंमा कार्यरत रावलले २१ किलोमिटरको दूरी १ घण्टा १६ मिनेट ९ सेकेण्डमा पूरा गरि उपाधि हात पारेका हुन्।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पाल्पामा विजय दौड (भिक्टोरी रन) पाल्पा २०७६ गरिएको छ। २१ किलोमिटर हाफम्याराथुन, ५ किलोमिटर छात्रछात्रा र वाकाथुम प्रतियोगिता गरिएको हो। हाफम्याराथुनमा रुकुमका दुर्गाराज बुढा द्वितीय भए। उनले १ घण्टा १८ मिनेट ३० सेकेण्डमा सो दूरी पार गर्दा नेपाल आर्मीका सुवाश कार्कीले ५ सेकेण्डले पछाडी पर्दै तृतीय भए। आर्मीकै शिवबहादुर रायमाझिभने सान्त्वना हुन पुगे। दोस्रोले ३० हजार, तेस्रोले १५ हजार र सान्त्वना हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

छात्रतर्फको ५ किलोमिटर भक्तपुरका सागर श्रेष्ठले १९ मिनेट १ सेकेण्ड ६ पल्समा पूरा गरि प्रथम भए। भने  छात्रातर्फ प्यूठानकी भूमी बुढामगरले २२ मिनेट ५० सकेण्ड ८७ पल्समा पूरा गरि प्रथम भइन्। छात्रतर्फ युनिस सारु द्वितीय, प्रविण बोहोरा तृतीय र नारायण कुष्वाहा सान्त्वना भएका छन्। छात्रातर्फ खिमा शेरचन द्वितीय, सञ्जु गाहा तृतीय र सपना सारु तृतीय भएका हुन्। विजयी खेलाडीहरुलाई नं. २२ का बाहिनीपती सहायकरथी सुदर्शन सिल्वालले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए। उनले नेपाल–अंग्रेज युद्धमा विजय प्राप्त गरेको दिनको सम्झनामा दौड प्रतियोगिता गरिएको बताए। 

जिल्लाका स्थानीय तहसँगको समन्वयमा नेपाली सेना, गोरख दलगणले दौड प्रतियोगिता आयोजना गरेको थियो। गणका गणपति सुरज थापाले प्रथमलाई पुरस्कार २० हजार, दोस्रो १० हजार, तेस्रो ५ हजार र सान्तवना २ हजार रुपैयाँ प्रदान गरिएको बताए। उनी भन्छन्, ‘नेपाल भ्रमण वर्ष २०२० र जीतगढीमा नेपाली सेनाले अंग्रेजलाई युद्धमा परास्त गरेको सम्झनामा दौड प्रतियोगिता आयोजना गरिएको हो।’

वाकाथुनमा जिल्लाका सांसद, स्थानीय तहमा प्रमुखहरु, कार्यालय प्रमुख तथा अन्यले ३ किलोमिटर दौडमा सहभागी भएका थिए। प्रतियोगितामा जापानी नागरिक बाइसुके बुरा र बेलायती डेनल जेम्स पनि सहभागी भएका थिए।

प्रकाशित: ११ माघ २०७६ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App