८ वैशाख २०८१ शनिबार
खेल

रुपन्देही सुपरलिग क्रिकेट, एमसीसी २२ रनले विजयी

म्यान अफ द म्याच एमसीसीका शिव मौर्यलाई होटल व्यवसायी गणेश बेलबासेले पुरस्कृत गर्दै

भैरहवा - भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत सोमबार भएको खेलमा मेलवोर्न क्रिकेट क्लब एमसीसीले शिवशक्ति क्रिकेट क्लबलाई २२ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ रोजेको एमसीसीले ४८ दशमलव १ ओभर सबै विकेट गुमाउदै १५२ रन बनाएको थियो।

१५२ रनको लक्ष्य पाएको शिवशक्तिले लक्ष्य पु-याउन नसकेपछि २२ रनबाट हार व्योहोर्नु प¥यो। शिवशक्तिले ४५ दशमलव १ ओभरमा अलआउट हुदै १३० रन मात्र बनाएको थियो। जितका लागि एमसीसीका शिव मौर्यले सार्वधिक ६२ बलमा ४० रन बनाए। यस्तै मन्दिप खत्रीले १९, रमेश कुर्मीले १६ एवं रोशन थामी र इकलाख अहमदले १५ रनको योगदान गरे।  बलिङ तर्फ शिवशक्तिका दुर्गेश कुर्मीले ४, अमरसिंह रौटेला,विष्णु कटेरियाले २–२ र सुवास वि.क., कृष्ण कार्कीले १–१ विकेट लिए।

दोस्रो पारीमा खेल्दै शिवशक्तिका अमर रौटेलाले सार्वधिक ४० रन, विष्णु कटरियाले २२, कृष्ण कार्कीले १४ र सुवास वि.क.ले १२ रनको योगदान गरे पनि जित आफ्नो पक्षमा पार्न सकेनन। बलिङ तर्फ एमसीसीका सन्तोष यादवले ३, रोशनलाल गुप्ता, इकलाख अहमद र शिव मौर्याले २–२ तथा रमेश कुर्मीले १ विकेट लिए।

सोमबार भएको लिग चरणको खेलमा एमसीसीका शिव मौर्यले ४० रनको योग्दान र २ विकेट लिइएकोमा म्यान अफ द म्याच भए। उनलार्ई होटल व्यवसायी गणेश बेलबासेले नगद रु एक हजार र सिल्ड सहित पुरस्कृत गरे। मंगलबारको खेल लुम्बिनी खुकुरी क्लब बेलहिया र बुद्ध स्पोटर्स क्लब भैरहवा विच विहान साढे ८ बजे सिद्धार्थ रंगशालामा सुरु हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए ।

२०५४ साल देखि निरन्तर भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको रुपन्देही प्रिमियर लिगमा २० क्लब प्रतिस्पर्धी रहेका छन। सोमबारबाट १२ क्लब बीच लिग चरणको खेल भइरहेको रुपन्देही क्रिकेट संघले जनाएको छ। विके ज्वेलर्स भैरहवाको सह प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले ८० हजार नगद, उपविजेताले ४० हजार नगद सहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडिलाई १५ हजार, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार पुरस्कार पाउने छन भने म्यान अफ द म्याचले १ हजार पाउने छन।

प्रकाशित: ६ माघ २०७६ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App