coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

उपाधि भिडन्तमा आर्मी र पुलिस

इटहरी -  दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शनिबार (आज) फाइनल खेल हुँदै छ।

दुई विभागीय प्रतिद्वन्द्वी आर्मीका विनोद भण्डारीको कप्तानी र मञ्जित श्रेष्ठ कप्तानीको नेपाल पुलिस क्लब शनिबार प्रतियोगिताको उपाधिका लागि भिड्न लागेकी हुन्। उक्त दुई टोलीबीचको फाइनल खेल इनरुवा रंगशालामा हुनेछ। पुलिसले पहिलो संस्करणको विजेता आर्मीलाई हराउने गरी खेल प्रदर्शन गर्ने योजना बनाएको छ। आर्मीले भने दोस्रोपटक पनि जित हात पार्ने रणनीतिका साथ मैदान उत्रने बताएको छ।

पहिलो संस्करणमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधि आफ्नो बनाएको थियो। साबिकको विजेता त्रिभुवन आर्मीले प्रदेश–३ लाई तथा पुलिस क्लबले सुदूरपश्चिमलाई सेमिफाइनलमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। प्रतियोगिताको विजेताले ४ लाख ५ हजार तथा उपविजेताले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: ४ माघ २०७६ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App