८ वैशाख २०८१ शनिबार
खेल

बुटवल राइनोज विजयी

भैरहवा - बुटवल राइनोज सोमबार भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा  २९ रनले विजयी भएको छ। लुम्बिनी शाक्यानलाई टिस जितेर पहिला ब्याटिङ गरेको बुटवल राइनोजले ३३ ओभरमा  १ सय ६१ रनको  लक्ष्य दएको थियो। डिभिजन (बी) अन्तर्गत भएको खेलमा लुम्बिनी शाक्यानले ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३१ रन मात्र बनाउन सक्यो। लुम्बिनी शाक्यानका तर्फबाट प्रदीप कुमारले सर्वाधिक ३९ रन, अजमत अलीले २५ र धु्रवले १४ रन बनाए पनि जित हासिल गर्न सकेनन्। बलिङतर्फ बुटवल प्रदीप बेलवासेले ८ ओभरमा २९ रन खर्चेर ५ विकेट, शुभम् घमाल र अमर श्रेष्ठले समान २ विकेट हात पार्न सफल भए।

यसअघि पहिले ब्याटिङ गरेको बुटवल राइनोजका पदम केसीले सर्वाधिक ५५ रनको योग्दान गरे। ५६ बलमा ७  चौका प्रहार गरेका केसीलाई सुदीप सुवेदीले एलबिडब्लु आउट गरे। त्यस्तै प्रविन सारूले ५१ बलमा ३८ र सुरज सारूले ३४ बलमा १२ रन जोडे। बलिङतर्फ  लुम्बिनी शाक्यानको सुदीप सुवेदीले ८ ओभरमा २९ रन खर्चेर ५ विकेट लिए भने अब्दुर  रहमान र अरफातले समान १/१ विकेट लिए। बुटवल राइनोजका प्रदीप बेलवासे म्यान अफ दी म्याच घोषित भए। बेलवासेले ह्याट्रिकसहित ५ विकेट लिँदै  ४ रनको योगदान दिएको आयोजक संस्था रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए।

बेलवासेलाई प्रदेश ५ क्रिकेट एसोसिएसनका सदस्य विनय ज्ञवालीले म्यान अफ दी म्याचबाट पुरस्कृत गरे। उनलाई नगद रु एक हजार र मायाको चिनोबाट पुरस्कृत गरिएको थियो। मंगलबारको खेलको प्रोफेसनल मास्टर्स ११ र बुद्ध स्पोर्ट्स क्लबबीच बिहान ८ः३० बजे सुरु हुने आयोजकले जानकारी दिएका छन्।  मंगलबारको खेलमा विजयी हुने टिम डिभिजन ‘ए’ मा उक्लिनेछ।

प्रकाशित: २९ पुस २०७६ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App