coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

कराते च्याम्पियनसिपमा नेपाल प्रथम


भैरहवा -  भारतको कोलकातामा सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल प्रथम भएको छ। भारतको कोलकातास्थित उलवरिया रवीन्द्र भवनमा बिहीबादेखि शनिबारसम्म  भएको प्रतियोगितामा २० स्वर्ण र २ रजतसहित कुल २२ पदक  जित्दै नेपाल प्रथम  भएको हो।

श्रीलंका, भुटान, बंगलादेश, नेपाल र भारतका ६ सय बढी खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा नेपालको तर्फबाट जापान गोजुरियो कराते डो मिसन संघ नेपालले सहभागिता जनाएको थियो। विगत वर्षमा पनि नेपालले च्याम्पियन हुँदै अधिकांश पदक ल्याएको छ।  करातेको कुमुते र काता विधामा प्रतिस्पर्धा गरेको नेपालका तर्फबाट ६ महिला र १५  पुरुष खेलाडीको सहभागिता थियो।

नेपालका साहिल गुरुङ, प्रसून शाही, गौरव पौडेल, आदित्य क्षेत्री, अमिषा पोखरेल, मिलन श्रीस, आशिष खड्का, सुमन परियार, नेहा श्रीस, सन्तु थारु, विपिन राना, रूपा राना, दिलमाया कोइराला, आश्विन खड्का, आकृति राना, रिमा कुमाल, जीवन पुन, सरोज पौडेल क्षेत्री, सुनील रावतले स्वर्ण पदक प्राप्त गरेका छन्। त्यसै गरी रूपा राना र दिलबहादुर बुढाथोकीले रजत पदक प्राप्त गरेको नेपाल टिमका प्रमुख तथा प्रशिक्षक केवी राना काजीले जानकारी दिए।

काजी सम्मानित
प्रतियोगितामा अन्तराष्ट्रीय स्पोर्टस एक्सलेन्स अवार्डबाट नेपाली टिमका प्रमुख तथा  टिम कोच के वी राना काजीलाई सम्मान गरिएको छ। इन्डियन आर्मी कराते डो महासंघ नोटका फाउन्डर एवं फाउन्डर चिफ कोचसमेत रहेका काजीलाई गार्ड अफ रनरबाट सम्मानित गरिएको हो।

 

प्रकाशित: २८ पुस २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App