१६ चैत्र २०८० शुक्रबार
खेल

जितगढी क्रिकेट क्लब विजयी

म्यान अफ द म्याच जितगढीका सन्दिप सुनारलाई पुरस्कृत गर्दै अम्पायर श्रवण शाही ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा जितगढी क्रिकेट क्लब ७ विकेटले विजयी भएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको गोलपार्क क्रिकेट क्लब ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउदैै  ९३ रन बनाएको थियो। ९४ रनको लक्ष्य पाएको जितगढी क्रिकेट क्लबले १९ दशमलव १ ओभरमै ३ विकेटको क्षतिमा सजिलै जित निकाल्यो। जसका लागि जितगढीका देव खनालले ४२ वलमा ३७ र सन्दिप सुनारले ३६ बलमा ३२ रनको योग्दान गरे। बलिङ तर्फ गोलपार्ककका रविन सुवेदी, मनिस थापा र सन्दिप बस्यालले समान एक एक विकेट लिए।

गोलपार्क क्रिकेट क्लबको तर्फबाट अशिष लोहनीले सर्वाधिक ४४ रन, अमर रसाइलीले २० बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सफल हुा सकेनन्। बलिङ तर्फ जितगढीका अनिल खरेलले ७ आभेरमा ११ रन खर्चेर ३ विकेट, तथा अर्जुन गिरी, सन्दिप सुनार र बिक्रम भुसालले २–२ विकेट हात पार्न सफल भए।

३२ रन र २ विकेट लिन सफल जितगढीका सन्दिप सुनार आइतबारको खेलमा म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए।  सुनारलाई  अम्पायर श्रवण शाहीले म्यान अफ द म्याचबाट पुरस्कृत गरे। सोमबारको खेल लुम्बिनी शाक्यन क्लब लुम्बिनी र बुटवल राइनोज क्लब बुटवलबीच बिहान ८ बजेर ३० मिनेटबाट सुरु हुने आयोजकले जानकारी दिएका छन्।

२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष चौथो पटक नेपाल टेलिकमको प्रायोजनमा हुँदैछ। रुपन्देही क्रिकेट संघको आयोजनामा माघ १८ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका २० क्लब प्रतिस्पर्धामा छन्।  खेलमा १२ वटा क्लबले डिभिजन बी का लागि खेल्नेछन् जसबाट उत्कृष्ट चार क्लब डिभिजन ए मा पुग्नेछन्। डिभीजन ए अन्र्तगतका ८ र बि बाट आएको ४ क्लब गरी १२ क्लबबीच रुपन्देही सुपर लिग प्रतियोगिता हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले बताए।

पहिलो चरणमा डिभिजन बि का क्लबबीच नकआउट प्रतियोगिता हुँदैछ। डिभिजन ए मा १५ खेल लिगको आधारमा र डिभिजन बी मा आठ खेल नकआउटका आधारमा गरी कुल २३ खेल खेलाईने छ।
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ  नगदसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई १५ हजार रुपैयाँ, बेष्ट ब्याट्स म्यान, बेष्ट बलर र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
 

प्रकाशित: २७ पुस २०७६ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App