६ वैशाख २०८१ बिहीबार
खेल

बुटवलमा भिक्ट्री म्याराथन एण्ड युनिटि रन प्रतियोगीता सुरू

बुटवल - नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले  शनिबार बुटवलमा भिक्ट्री म्याराथन एण्ड युनिटि रन प्रतियोगीताको आयोजना गरेको छ। दौडमा ३  हजार ५ सयजनाको  सहभागीता छ। राष्ट्रिय एकता दिवशको अवसर पारेर सेनाको मध्यपश्चिम पृतना बुटवलले फुल म्याराथन ४२ किलोमिटर,हाफ म्याराथुन २१ किलोमिटर,१० किलोमिटर र ५ किलोमिटर युनिटि रन  प्रतियोगीता गरेको हो।

प्रतियोगीताको बुटवल बहुमुखी क्याम्पस अगाडिको सडकमा बिहान एक कार्यक्रमका बिच  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरे। राष्ट्रिय एकताको सन्देश दिदै ऐतिहासिक जीतगढी किल्लाको प्रवद्र्धन तथा नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्ने उद्येस्यले सेनाले खुला म्याराथुन प्रतियोगीताको आयोजना गरेको हो। प्रतियोगीताको उदघाटनका लागि रक्षा मन्त्री पोखरेल हिँजो साँझै बुटवल आएका थिए। प्रतियोगीतामा सहभागीको हौसला बढाउन ५ किलोमिटर युनिटि रनमा रक्षा मन्त्री पोखरेल संगै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर  पोखरेल,आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी,उद्योग वन बातावरण तथा पर्यटन मन्त्री लिला गीरी समेतले केही बेर दौडेर सहभागीता जनाए।

नेपाल र नेपाली सेनाको ईतिहास प्रवद्र्धन गर्न, नेपाली सेनाले अंग्रेज फौजमाथि बिजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचार प्रसार तथा संरक्षण गर्ने उद्येस्यले खुला म्याराथन दौड गरेको मध्यपश्चिम पृतना बुटवलका पृतनापती सिताराम खडकाले जानकारी दिए। म्याराथनमार्फत भिजीट नेपाल २०२० लाई सफल बनाउन सन्देश प्रवाह हुने पनि उनले बताए।

प्रतियोगीतामा विद्यार्थी, कर्मचारी,बैंकर्स,नेपाली सेना,सशस्त्र तथा नेपाल प्रहरी सहभागी छन।  फुल म्याराथुनकालागि बुटवलदेखि भैरहवाको देवकोटा चोक हुँदै पुन बुटवलको जितगढी किल्लासम्मको रुट निर्धारण गरिएको छ । त्यसकालागि बुटवल–भैरहवा ६ लेन सडकमा एकतर्फी यातायात सञ्चालनको व्यवस्था गरिएको छ। चारवटै प्रतियोगीता बुटवल बहुमुखी क्याम्पस अगाडीबाट सुरु भएर ऐतिहासिक जितगढी किल्लामा पुगेर समापन हुनेछ।

फुल म्याराथनमा प्रथम हुनेले १ लाख,द्धितीय ५० हजार र तृतीयलाई २५ हजार  पुरस्कार छ। हाफ म्याराथनमा प्रथमलाइ ५० हजार,द्धितियलाइ २४ हजार र तृतीयलाइ १५ हजार पुरस्कार छ।  १० किलोमिटरमा प्रथम हुनेलाई १५ हजार,द्धितीयलाइ १० हजार,तृतीयलाई ५ हजार पुरस्कार राखिएको पृतनाका सेनानी प्रेमनारायण श्रेष्ठले जानकारी दिए। दौड प्रश्चात नेपाली सेनाले जितगढी किल्लामा एैतिहासिक सराँय नाच तथा खुकुरी नाँच प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रकाशित: २६ पुस २०७६ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App