८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

जाका आर्सनलमै रहने विश्वास

लन्डन – आर्सनलका नयाँ प्रशिक्षक मिचेल अर्टेटाले ग्रानिट जाकाले क्लबसँगको सम्झौता लम्ब्याउनेमा आशावादी भएको बताएका छन्। स्विस मिडफिल्डर जाका आइतबार घरेलु मैदान इमिरेट्समा सम्पन्न चेल्सीविरुद्ध २–१ को नतिजा सुम्पिएको खेलमा अस्वस्थताका कारण टोलीमा थिएनन्। उनले जनवरी सरुवा बजारमा आर्सनलसँगको सम्झौतामा पूर्णविराम लगाउने खबर सार्वजनिक भइरहेको छ।

आर्सनलका समर्थकले चर्कोे विरोध गरेपछि आक्रोशित बनेसँगै जाकालाई अक्टोवरमा तत्कालीन प्रशिक्षक युनेई इमिरेले कप्तानबाट हटाएका थिए। कप्तानबाट हटाइएसँगै जाका जर्मन बुन्डेसलिगा क्लब हार्था बर्लिनमा जाने खबर सार्वजनिक भएको थियो। तर अर्टेटाले भने जाकाले क्लब छोड्ने कुरामा कुनै सत्यता नभएको प्रतिक्रिया दिएका छन्।

‘मलाई त्यस्तो लाग्दैन। उनले बर्नमाउथमा खेले,जहाँ उनको प्रदर्शन उत्कृष्ट थियो।उनी आर्सनलप्रति प्रतिबद्ध छन्,’अर्टेटाले भने, ‘बर्नमाउथविरुद्धको खेलपछि उनी अस्वस्थ भए। ज्वरोका कारण मैदानबाहिर रहे। खेल हुनु दुई दिनअघिसम्म पनि उनी आराम गरिरहेका छन्। त्यसैेले उनलाई टोलीमा समावेश नगरिएको हो।’

१–० ले अघि रहेको स्थितिमा अन्तिम ७ मिनेट सम्हालिन नसक्दा अन्ततः आर्सनलले चेल्सीलाई २–१ को नतिजा सुम्पिएको थियो। चेल्सीविरुद्धको खेलमा गोलकिपर लेनोबाट गम्भीर गल्ती भए पनि त्यसैका कारण उनको आलोचना गरिरहनु उचित नहुने अर्टेटाले बताए।

‘उनी निराश छन्। जब आफ्नो कारण टोलीले अंक गुमाउँछ, त्यो निकै कठिन क्षण हुन्छ,’ अर्टेटाले भने, ‘हामीले उनलाई हौसला दिनुपर्छ। उनी राम्रा खेलाडी हुन्। त्यसैले हामले उनको सम्मान गर्नुपर्छ।’ आर्सनल हाल इङ्लिस प्रिमियर लिगको १२औं स्थानमा छ, जुन रेलिगेसन क्षेत्रमा रहेको टोलीको भन्दा मात्र ६ अंक बढी हो।

प्रकाशित: १७ पुस २०७६ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App