१६ चैत्र २०८० शुक्रबार
खेल

ह्यान्डबल टोलीलाई सम्मान

काठमाडौं – परेली क्याटरिङ प्रालिले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई बिहीबार सम्मान गरेको छ।  सैनिक तालिम तथा डक्ट्रिन महा निर्देशनालयका उपरथी शशिचन्द्रबहादुर सिंह तथा नेपाल ह्यान्डबल संघका सल्लाहकार संयोजकसमेत रहेका परेलीका प्रबन्ध निर्देशक विश्वबम मल्लले १६ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरे।

सम्मानित हुने खेलाडीमा बन्दना राई, उमा राई, कविता राई, संगीता चौधरी, आइतल्हामु शेर्पा, अर्चना न्यौपाने, बविता श्रेष्ठ, देवकुमारी बाँस्तोला, दुर्गा बोहरा, झिनमाया थापा, कल्पना ओली, निशा राई, रामकुमारी चौधरी, रञ्जना राई, शान्तिकला राई र शारदा विक छन्। प्रशिक्षकमा कृष्ण शाक्य र विन्दा थापा तथा व्यवस्थापकमा शान्ति थापा सम्मानित भए। सोही अवसरमा ह्यान्डबल मुख्य प्रशिक्षक हिमाल दाहाललाई पनि सम्मान गरियो। पोखरामा भएको ह्यान्डबलको फाइनलमा नेपाल भारतसंँग पराजित भएको थियो।

प्रकाशित: ११ पुस २०७६ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App