coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतसंग महिला फुटबल पराजित, स्वर्णका लागि फेरी भारतसंगै भिड्ने

पोखरा– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ।

नेपाल लिग चरणको अन्तिम खेलमा भारतसंग १–० गोल अन्तरले पराजित भएको हो।

नेपाल र भारत यस अघि नै फाइनलमा प्रवेश गरिसकेका छन्। जीतसंगै भारत समूहको विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेका हुन्।

फाइल प्रवेशसंगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ। पोखरा रंगशालामा शनिबार भएको खेलमा भारतलाई जित दिलाउन एन.जी बालादेबीले निर्णायक गोल गरिन्। उनले खेलको १८ औं मिनेटमा गोल गरेकी हुन्।

नेपालले स्वर्णको लागि भारतसंग नै प्रतिस्पर्धा गर्ने छ। कास्य पदक भने श्रीलंकालाई पराजित गर्दै माल्दिभ्सले जितेको छ। 

प्रकाशित: २१ मंसिर २०७६ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App