६ वैशाख २०८१ बिहीबार
खेल

पुरुष भलिबलः नेपाल बाहिरियो, भारत समूह विजेता

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ।

समुह चरणको अन्तिम खेलमा भारतसंग तीन शुन्यको सोझोमा पराजित भएपछि प्रतियोगिताबाट नेपाल बाहिरिएको हो।
नेपालले पहिलो सेट १५–२५ ले गुमाएको थियो। त्यस्तै दोस्रो सेट १३–२५ ले गुमायो।

तेस्रो सेटको सुरुवात भने प्रतिस्पर्धात्मक बनेको थियो। उक्त खेल पनि नेपालले १६–२५ ले गुमायो। त्रिपुरेश्वरस्थित कवर्डहलमा नेपाली टिमले निकै दबाव झेल्दै खेल पस्किएको थियो। 

दुबै खेल जितेको भारत समुह ‘ए’को विजेता बनेको छ। भारतको ६ अंक छ। यता बंगलादेश भने उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले नेपाललाई पराजित गर्दै तीन अंक बटुलेको थियो। 

समुह ‘बी’ मा एक मात्रै खेल सम्पन्न भएको छ। पास्तिान र माल्दिभ्सबीच भएको उक्त खेलमा पाकिस्तानले बाजी मारेको थियो। आजै श्रीलंका र माल्दिभ्सबीच अर्को खेल हुनेछ।

समु्ह ‘बी’को बाँकी एक खेल भोली शनिबार हुने छ। उक्त खेलले समूह ‘बी’को समूह विजेता र उपविजेता टुंगो लाग्ने छ।

सेमिफाइनलमा भारतले समुह ‘बी’को उपविजेता र बंगलादेश ‘बी’ को विजेतासंग प्रतिस्पार्धा गर्ने छ। सेमिफाइनलका खेल आइतबार हुनेछ। 

प्रकाशित: १३ मंसिर २०७६ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App