७ वैशाख २०८१ शुक्रबार
खेल

महिला भलिबलको वास्तविक परीक्षा आज

काठमाडौं– १३ औ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला भलिबल टोलीको वास्तविक परीक्षामा आज हुँदैछ।

बलियो प्रतिस्पर्धी भारतीय महिला टिमसंगको नेपाली महिला भलिबल टिम भिड्दै छ। जसलाई नेपाली महिला भलिबलको स्तर निर्धारकका रुपमा पनि अर्थाइएको छ।

पहिलो खेल बंगलादेशलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिदैं छ। यता भारतले भने सागको पहिलो खेल खेल्दैछ। उसले पनि यस खेलमा विजयी हुँदै सकारात्मक सुरुवात गर्न चाहन्छ। 

तीन टोली रहेको समुह ‘ए’ मा नेपाल तीन अंक सहित शीर्ष स्थानमा रहेको छ। त्रिपुरेश्वरस्थित कभर्डहल हुने खेलमा नेपाल आजको खेलमा जीत दर्ता गर्दै समुह विजेता बन्ने दाउमा छ।

बुधबार बंगलादेशविरुद्ध नेपालले २५–९, २५–९ र २५–११ को सहज जीत दर्ता गराएको थियो। तर आजको खेल भारतविरुद्ध निकै प्रतिस्पर्धात्मक हुनेछ।

यसअघि नेपाल र भारत दुईपटक सागमा भिडेका छन्। दुवै खेलमा भारतले सहजै नेपाललाई हराएको थियो। दुई समुहमा विभाजन गरिएको टिमा सार्कका ६ राष्ट्रले सहभागि छन्।

समुह ‘ए’ नेपालसंगै भारत र बंगलादेश छन् भने समुह ‘बि’मा पाकिस्त माल्दिभ्स र श्रीलंका छन्। भुटानले भलिबलमा सहभागिता छैन। 

दुई साताअघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन नेपाल उच्च मनोबल र घरेलु दर्शकको साथमा कोर्ट उत्रने छ। उक्त खेलको फाइनलमा माल्दिभ्सविरुद्ध सोझो सेटमा सफलता निकाल्दै च्याम्पियन बनेको नेपालले पहिलो पटक भलिबलमा स्वर्ण पदक चुमेको थियो।

सागमा भने नेपालको महिला भलिबलले तीन कांस्य जितेको छ। नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य पदक जितेको हो। 

नेपालकी कप्तान अरुणा शाहीले यस पटक घरेलु मैदानमा स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको उँछिन्। 

आजै पुरुष भलिबलमा पाकिस्तान र माल्दिभ्स तथा भारत र बंगलादेशबीच खेल हुनेछ।

 

प्रकाशित: १२ मंसिर २०७६ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App